पोखरा । पोखरेली कलाकारहरुले जनतामा आशा छर्ने गीत लिएर आएका छन् । पोखरा सांगीतिक कलाकार संघ नेपालको पहलमा ‘कहिलेसम्म’ गीत यूट्वमार्फत शुक्रबार सार्वजनिक भएको हो ।
संस्थाका अध्यक्ष हर्कबहादुर थापा (सुनिल थापा) ले कोरोना भाइरस कारण उत्पन्न विषम परिस्थितिले उत्पन्न बन्दी, मन्दी र निराशाबीच पनि आशावादी हुनुपर्छ भन्ने सन्देश गीतले दिएको बताए ।
कलाकारमात्र होइन, सबै नेपाली एक भएर यो विषम परिस्थितिको सामना गरौं, एकदिन कोरोना पक्कै हट्नेछ भन्ने सन्देश दिँदै समयसापेक्ष र हौसला दिने गीत संघले प्रस्तुत गरेको उनले बताए ।
गीति भिडियो निर्माणका निम्ति संघको अफिसियल फोटोग्राफर र सपोर्टर एसटु प्रोडक्सनसँग सहकार्य गरिएको बताइएको छ । भिडियो निर्देशन, क्यामेरा र सम्पादन जिम्मेवारी एसटु प्रोडक्सनका सुरज श्रेष्ठ र एसिस्टेन्ट क्यामेराको जिम्मेवारी विवेक ठकुरीले सम्हालेका छन् ।
गीतको रचना संघ सचिव राजेन्द्र अधिकारीले गरेका हुन् भने संगीतकार सुनिल थापा स्वयं छन् । संगीत संयोजन सदस्य अमीत गुरुङले गरेका छन् ।
गायकमा श्यामसुङ्ग तामाङ्ग, भाइ गुरुङ, विनोद बानियाँ, शान्ता बज्राचार्य, आनन्दराज बज्राचार्य, अमीत गुरुङ, इन्द्र गुरुङ र सुनिल थापा छन् भने गायिका प्राप्ति तुलाचन, बबि सुनार र एलिना गुरुङले साथ दिएका छन् ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१