‘निर्वाचन क्षेत्र विकास कार्यक्रमको पैसा कोरोना कोषमा राखे हुन्न ?’

आदर्श समाज सम्वाददाता
असार ४, २०७७
Omkala Chalise

पोखरा, ४ असार । सांसद ओमकला चालिसेले नीति तथा कार्यक्रमका आधारमा बजेट ल्याउन नसकेको आरोप लगाईन् । गण्डकी प्रदेशको आगामी बर्षको बजेटमाथि छलफल गर्दै उनले सरकारले बजेट खर्च गर्न नसक्ने र सँधै प्रतिबद्धता मात्रै जनाउने प्रबृत्ति दोहोरिएको बताईन् । ‘कोटको दाहिने र देब्रे खल्तीबाट निकालेर दिने अबन्डा पोके र धोके बजेटप्रति घोर आपत्ति छ । यसको हामीले पहिलादेखि नै विरोध गर्दै आएको हो,’ उनले भनिन्, ‘निर्णय गर्ने कार्यान्वयन नगर्ने बानी सरकारलाई परेको छ । नागरिक र व्यवसायीलाई राहतको कुरा नगरी कर मात्र उठाउने कुरा गरेर हुन्छ ?’

सरकारले विनियोजन गरेको बजेटले कोरोना महामारी विरुद्ध लड्न नसकिने उनले बताईन् । ‘यो महामारीमा ६० करोडले कोरोना नियन्त्रण हुन सक्दैन । पिसिआर परीक्षण, उपकरण र औषधी खरिद गर्न यो बजेटले पुग्दैन,’ उनी भन्छिन्, ‘दोस्रो प्राथमिकतामा कृषि भनिएको थियो । तर कार्यक्रममा त्यस्तो देखिएन । सभामुखलाई समेत विवादमा मुछ्ने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई किन कोरोनासँग जोडेर ल्याएको रु यो रकमलाई कोरोना कोषमा राखे हुन्न रु’ उज्यालो प्रदेशमा टुकी बाल्नुपर्ने बाध्यता रहेको भन्दै उनले सरकारको कटाक्ष गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width