पोखरा, १३ वैशाख । पोखरा महानगरपालिकाले महानगरभित्रका मिर्गौला रोगीलाई नियमित उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।
कोरोना भाइरसका कारण बन्दाबन्दी भएपछि आफ्नो नियमित जाँचबाट बञ्चित हुन पुगेका बिरामीको स्वास्थ्य अवस्थालाई ध्यान दिएर निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक रामराज लामिछानले जानकारी दिए । उनले भने “अहिले सबैको ध्यान कोरोना सङ्क्रण रोकथाममा मात्र केन्द्रित छ, जसले गर्दा मिर्गौला रोगका बिरामी नियमित जाँचबाट बञ्चित हुनुपरेको अवस्थालाई ध्यान दिएर निःशुल्क एम्बुलेन्स सञ्चालन गरेका हौँ ।” उनले महानगरका ३३ वटै वडामा निःशुल्क एम्बुलेन्स सेवा रहेको र त्यसको भाडा महानगरले बेहोर्ने जानकारी दिए ।
उनका अनुसार महानगरमा कति मिर्गौला रोगी छन् भन्नेबारेमा वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले तथ्याङ्क सङ्कलन गरिरहेका छन् । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा वैशाख ६ गते बसेको बैठकले मिर्गाैला पीडित बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको वडा नं ९ का अध्यक्षसमेत रहनुभएका संयोजक लामिछानेले जानकारी दिए । हाल महानगरका विभिन्न वडाबाट ८० बिरामीले आफूलाई पायक पर्ने अस्पतालबाट डायलालिस गराएको उनको भनाइ छ ।
५६४ जनाको नमूना सङ्कलन
यसैगरी गण्डकी प्रदेशमा कोरोना भाइरसका ५६४ जनाको नमूना सङ्कलन गरिएको छ । सङकलन गरिएका नमूनामध्ये ५४० जनाको नेगेटिभ आएको र २२ जनाको परिणाम आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार हालसम्म चार हजार ८७१ जनाको आरडिटी परीक्षण गरिएको छ । त्यसैगरी हेल्लो डाक्टर १०९२ मा ७३२ जनाले चिकित्सकीय परामर्शसहितको विशेषज्ञ सेवा लिएका छन् ।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
hero news full width
मुख्य समाचार
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१