पर्यटनको आशा

सम्पादक
कार्तिक १८, २०७७

१. गत असोज महिनामा वहराइनका राजकुमार सेख मोहमद हमाद मोहम्मद अल खालिफा हिमाल चढ्न नेपाल आए । १३ जनाको टोली सहितको उनको आगमनले पर्यटन क्षेत्र पनि तरङ्गियो । कोरोना संक्रमण बीच पनि पर्यटकहरु आउने आशा पलायो । हिमाल आरोहण मात्र होइन अन्य पदयात्राका लागि पनि पर्यटक आउन सक्ने अनुमान भयो । त्यतिखेर संक्रमण धेरै थिएन ।

२. दशैंका लगत्तै संक्रमण बढी देखिएको छ । दशैंको भीडभाडले पनि बढेको होला । अरु देशमा पनि बढिरहेको छ । गएका वर्षहरुमा यतिवेला नेपालमा पर्यटकको चहलपहल हुन्थ्यो । विदेशी मात्र होइन आन्तरिक पर्यटक पनि त्यत्तिकै देखिन्थे । दशैं तिहारको वेला नेपालीहरु घुमफिर गर्ने वेला पनि हो । यतिखेर मौसम पनि सफा रहेको छ ।

३. कोरोना संक्रमणबीच पनि यतिखेर कतै कतै आन्तरिक पर्यटनको समूह देखिन थालेको छ । यसले कोरोना कहरको उकुसमुकुरबाट मानिसहरु मुक्त हुन खोजिरहकेो देखिन्छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु कायम गरेर घुमिफर गर्नलाई समस्या मान्नु पर्ने छैन । तथापि मानिसहरुबीच डर कायमै रहेको छ ।

४. अलिकति भएपनि पर्यटकको चहलपहल बढ्दा पर्यटक क्षेत्रमा आशा बढ्नु स्वभाविकै हो । घुमफिर गर्ने मान्छेको इच्छालाई धेरे रोकर राख्न पनि सकिदैन । मानिस टहल्न चाहन्छ । नयाँ नयाँ स्थानको अवलोकन दृढ इच्छा मानिसभित्र रहेको हुन्छ । उपयुक्त वातावरण तयार हुँदासाथ ऊ बाहिर निस्किन्छ ।

५. कति स्थानमा होटलहरु नखुलेको र होम स्टेहरु समेत सञ्चालनमा नआएका हुँदा पर्यटकहरुको लागि खाने बस्नेकै समस्या देखिएपछि उनीहरु घर छाडेर हिड्ने कुरा हुँदैन । तसर्थ पर्यटक आएनन् भन्ने कुरा गर्नुभन्दा पहिले होटल र होमस्टेहरु खुला भएको सन्देश जानु जरुरी छ । यसैगरी यातायातको व्यवस्था, गाइडको व्यवस्था लगायत पर्यटन सम्बन्धी सेवाहरु सूचनारु देखिनु प¥यो । उपयुक्त वातावरण बनेपछि पर्यटन नबढ्ने अवश्य हुदैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width