सरकारले देशमा आउन लागेको आर्थिक संकट हटाउने अभिप्रायले जेठ १ गतेदेखि लागु हुने गरी सरकारी कार्यालयहरु हप्ताको २ दिन बिदा गर्ने र १० वटा बिलासिताका वस्तुहरु आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सरकारले त्यसको साथै अरु केही कदम चाल्छ कि भनेर पनि सोचिएको थियो । तर अझैसम्म कुनै कदम चालेको छैन । सरकारको त्यत्तिमात्र प्रयासले आर्थिक संकट हटाउन सकिन्छ भन्नेमा विशेषज्ञहरु आश्वस्त छैनन् । केही अरु पनि कदम चाल्नुपर्नेमा विशेषज्ञहरुको जोड छ । तिनीहरुले सरकारको त्यो कदमलाई अधुरो कदम भन्ने गरेका छन् ।
सरकारले त्यो कदम चाल्नुको मुख्य २ कारण छन् । एक त आयात–निर्यातको व्यापार घाटा अत्यन्त बढ्दै गएको छ । दोस्रो विदेशी मुद्रा सञ्चित घट्दै गएकोले हो । व्यापार घाटा कम गर्नमा निश्चय नै केही वस्तुको आयातमा प्रतिबन्ध लगाउनु हो । तर त्यो मात्र उपाय होइन । हामीले निर्यात योग्य वस्तुहरुको उत्पादन बढाएर तथा तिनीहरुको निर्यात बढाएर पनि व्यापार घाटा कम गर्न सक्छौं । निर्यातयोग्य वस्तुहरुको उत्पादन बढाउनेतिर सरकारको ध्यान नै गएको छैन । सरकारले निर्यात बढाउनेलाई प्राथमिकता दिनु उचित हुन्छ । आयात घटाउँदा ती वस्तुको भाउ अकासिन सक्छ र चोर बाटोबाट तिनीहरु आउन सक्छन् । माग अनुसारको आपूर्ति नहुँदा स्वत त्यसको मूल्य चुलिन्छ । बजारमा महँगी बढ्दै गयो भयो, त्यही महँगी भोलिको समस्या बन्छ । यो व्यावहारिक कुरालाई सरकारले विशेष ख्याल गर्नुपर्दछ । यस्तो कुरामा सरकारले उद्योगी व्यापारीसँग सल्लाह परामर्श गर्नु उचित हुन्छ । तर यो सरकारले ती उद्योगी व्यापारीसँग कुनै सोधपुछ र सल्लाह गरेको पाइँदैन । यस्तोमा सबैै पक्षको राय सल्लाह लिनु उचित हुन्छ ।
व्यापार घाटा भएकोले विदेशी मुद्रा सञ्चिती घटेको हो । केही वस्तुहरुको आयातमा रोक लगाएर विदेशी मुद्राको सञ्चिती जोगाउन सकिन्छ,यो निश्चय नै हो । तर विदेशी मुद्रा कमाउने हाम्रो क्षेत्रलाई सक्रिय पारेर पनि विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यो क्षेत्रमा पनि सरकारको ध्यान गएको देखिएन । सरकारले यस सम्बन्धमा के गर्दा कसरी छिटो विदेशी मुद्रा भिœयाउन सकिन्छ भन्ने सम्बन्धमा पर्यटन व्यवसायीसँग राय सल्लाह लिन सक्दछ । देशमा ठूलो आर्थिक संकट आउनसक्ने सम्भावना बढेको छ, सरकारले भने आफू एक्लैले त्यसको समाधान गर्न सकिन्छ भनेर अघि बढिरहेको छ । यो गलत हुनसक्छ । सरकारले सबै पक्षसँग राय सल्लाह लिनु पर्दछ । भोलि संकट आएपछि त्यसको परिणाम नराम्रो हुन सक्दछ । आर्थिक संकट भनेको सबैसँग सम्बन्धित संकट हो । त्यसमा सबैले सहयोग गर्नुपर्छ र सरकारले पनि सबैको सहयोग लिनु पर्दछ । हाम्रो विचारमा निर्यात योग्य वस्तुहरको उत्पादन बढाएर र उता विदेशी मुद्रा आर्जन गर्ने क्षेत्रमा पनि अभियानकै रुप दिएर प्रयास गर्नु बाञ्छनीय देखिन्छ ।
Related News
सम्बन्धित समाचार
बुद्धजयन्तीको कार्यक्रम सुरु
विप्लवको पार्टी विभाजित
निर्वाचनमा युवाको सक्रियता
वेद विद्याश्रमलाई हाम्रो शुभकामना !
चर्चामा जगन्नाथ पौडेल
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९