सामुदायिक रेडियो प्रसारक सङ्घमा स्वतन्त्र आवाज

सम्पादक
श्रावण ३१, २०७०

१. सामुदायिक रेडियो प्रसारक सङ्घको पाचौं राष्ट्रिय अधिवेशन नयाँ कार्यसमिति चयन गरी बुधबार राजधानीमा सम्पन्न भयो। नयाँ कार्यसमिति राजनीतिक पार्टीो भागवण्डा गरी गठन गरिएकोमा त्यस सङ्घसँग आवद्ध प्रतिनिधिहरूले असन्तोष जाहेर गरेका छन्। त्यसरी असन्तोष जाहेर गर्नेहरूले आफू स्वतन्त्र रहने उद्घोष गरेका छन्।

२. भागवण्डाको आधारमा गठित कार्यसमितिको अध्यक्षमा मोहन चापागाई तोकिएका छन्। उनी एमाले समर्थित हुन्। अध्यक्षसहित ११ जना एमाले, वरिष्ठ उपाध्यक्ष, लेखा समितिका संयोजकसहित १० जना काङ्ग्रेस र महासचिवसहित सात जना माओवादीको भागमा परेको छ। त्यो चुनावमा एकीकृत माओवादी र माओवादी पक्षधरहरू एकै भएका थिए।

३.     स्वतन्त्र रहेर स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्नुपर्ने सञ्चारकर्मीहरू त्यसरी प्रत्यक्ष विभाजित भएको र राजनीतिक पार्टीका नेताहरूले प्रत्यक्ष हस्तक्षेप गरेकोमा धेरैले असन्तुष्ट जनाएका छन्। प्रजातान्त्रिक विधि अपनाएर चुनावमा जान समेत नदिएको भन्दै ११ वटा सामुदायिक रेडियोले त्यो सङ्घबाट अलगिने घोषणा गरेका छन्।

४. त्यसरी अलगिने घोषणा गरेका संस्थाहरूले अर्को नयाँ स्वतन्त्र संस्था गठन गर्ने तयारी पनि गरेका छन्। पोखरामा नेपाल पत्रकार महासङ्घको निर्वाचनमा त्यस्तै भागवण्डा गरी कार्यसमिति गठन गरिएको विरोधमा स्वतन्त्र पत्रकारहरूले स्वतन्त्र पत्रकार सङ्घ गठन गरेका छन्। नवगठित सङ्घको केही जिल्लामा शाखा पनि विस्तार गरिएको छ।

५. स्वतन्त्र पत्रकार सङ्घमा आबद्ध पत्रकारहरूले आफू कुनै पार्टीविशेषको पिछलग्गु हुन नपरेको र कसैको चाकडी चाप्लुसी पनि गर्न नपरेकोमा सन्तोाष व्यक्त गरेका छन्। त्यसरी स्वतन्त्र भएर लेखिएको समाचार, टिप्पणी आदि पाठकहरूले बढी मन पराउने गरेको पनि उनीहरूको अनुभव छ।

६.     वास्तवमा भन्ने हो भन्ने यो मिसन पत्रकारिताको बेला होइन, एक जना सिद्धहस्त पत्रकारलाई राजनीतिक पार्टीविशेषको नामबाट चिनाउनु अशोभनीय मात्र होइन कि लाजमदो पनि हुन्छ। के हामीले आफूले अपनाएको पेशागत नामबाटै आफ्नो परिचय दिन सक्दैनौं – पत्रकारको महत्त्व बढ्दै गएको छ। जति यसको महत्त्व बढ्दै गएको छ, उति यसमा स्वतन्त्रताको आवश्यकता खड्किँदै गएको छ।

७. असफल राजनीतिक कार्यकर्ताले सफल पत्रकारलाई निर्देशन गर्ने जुन व्यवहार छ, त्यो कदापि उचित होइन। सोचेमा पत्रकारिता एक बौद्धिक पेशा हो। यो पेशा समाजमा सम्मानित हुँदै गएको छ। यस्तो बेलामा हामी र हाम्रो संस्थालाई पार्टीत छत्रछायाँमा सञ्चालन गर्न, गराउन खोज्नु आफ्नै महत्त्व घटाउनु हो। यस दृष्टिले सामुदायिक रेडियो सञ्जालका ११ जनाले स्वतन्त्र रहने, जुन घोषणा गरेका छन्, त्यो स्वागतयोग्य छ। उनीहरूको त्यो कदमले अरुलाई पनि त्यस दिशामा लाग्न प्रेरित गर्ने छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width