सबैको संविधान निर्माणमा लाग्न आवश्यक

सम्पादक
पौष ७, २०७०

१. संविधानसभाको निर्वाचनपश्चात् पहिलो ठूलो पार्टीभएर देखा परेको नेपाली काङ्ग्रेस केन्द्रीय समितिको पहिलो बैठक काठमाडौंमा जारी छ। निर्वाचनपछिको पहिलो बैठक भएकोले बैठकले के निर्णय गर्ला भनी सबैका ध्यान काठमाडौंमा गएको छ। त्यति मात्र होइन, बैठकमा क, कसले के-के बोल्लान् भन्नेतिर पनि मानिसहरूले कान ठाडो पारेका छन्।

२. बैठकमा धेरैले धेरै कुरा बोलिरहेका छन्। केहीले आन्तरिक विवादका कुरा झिक्दैछन् भने केहीले एमाले र माओवादीसँग के कस्तो सम्बन्ध राख्ने र कसरी अघि बढ्ने भन्ने विचार व्यक्त गरेका छन्। बोल्नु नेताहरूको अधिकारको कुरा हो। तर निर्णय गर्ने बेलामा धैर्य र संयमता अपनाएर सम्यक निर्णय लिनु सिङ्गो पार्टीको कुरा हो।

३. अहिले देश र जनताको मुख्य कुरा भनेको संविधान निर्माण गर्नु हो। संविधान बनाउन कुनै एक पक्षसँग मात्र मिलेर हुदैन। सबैसँग मिल्न सक्नुपर्दछ र सबैको सहमति हुनुपर्दछ। जनताले पनि त्यस्तै म्याण्डेट दिएका छन्। काङ्ग्रेस ठूलो पार्टीभएको मात्र हो, संविधानसभामा बहुमत पुर्‍याएको पार्टीहोइन।

४. यो अवस्थामा पार्टीले कसैलाई निषेध गरेर अघि बढ्ने प्रयास गर्नुहुँदैन। हिजो कसैले निषेध गर्ने गरेको र कहिले कसलाई काखा र कहिले कसैलाई पाखा लगाउने नीति लिँदा संविधान बन्न सकेन। अब फेरि त्यही नीति र विचार दोहोर्‍याउनुहुँदैन। नेपाली काङ्ग्रेस पार्टीले यसमा विशेष ख्याल राख्नुपर्ने अवस्था छ।

५. हिजोको संविधानसभामा एमाओवादी ठूलो पार्टीथियो र संविधान नबनेको धेरै दोष एमाओवादीमाथि थुपारिएको थियो। तर अब स्थिति त्यस्तो छैन। अहिले ठूलो पार्टीभएको नाताले जस र अबसज जो भए पनि बढी काङ्ग्रेसले नै व्यहोर्र्नुपर्ने हुँदा यस्तो बेलामा जिम्मेवारीपूर्वक निर्णय लिएर बढ्नुपर्दछ।

६. काङ्ग्रेसका नेताहरूले आफूमा आएको यो जिम्मेवारीबोधलाई महसुस गर्नुपर्दछ। पार्टीएकताबद्ध हुनुपर्दछ। अरुसँगैको सम्बन्ध र व्यवहारमा लचकता र उदारता देखाउनुपर्दछ। मेरो गोरुको बाहै्र टक्का भनेर बस्ने बेला होइन यो। सबैलाई चित्त बुझ्दो संविधान निर्माण गर्नु एक मात्र उद्देश्य हुनुपर्दछ।

७. नेपाली काङ्ग्रेससामु अवसर पनि छ। चुनौती पनि छ। चुनौतीको सामना गरी अघि बढ्नु आवश्यक छ। विरासतमा महत्त्वपूर्ण परिवर्तनको नेतृत्व लिएको काङ्ग्रेसमाथि संविधान निर्माण गर्ने अवसर आएको छ। एमाओवादीले आफ्नै नेतृत्वमा संविधान निर्माण गर्ने विचार गरेको थियो। तर त्यसले सकेन। त्यसले किन सकेन त्यो कुराको मूल्याड्ढन गर्नुपर्दछ र सबैप्रति सकारात्मक र रचनात्मक सोच राखी सबैको ध्यान संविधान निर्माणमा लगाउनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width