विश्वकप ट्रफी नेपालमा

सम्पादक
पौष ८, २०७०

१. विश्वकप ट्रफी नेपालमा ल्याउने कुरा सपना मा पनि नसोचिएको कुरा हो। तर अस्ति शनिबार विश्वकप ट्रफीलाई राष्ट्रपति डा. रामवरण यादवले काठमाडौंको र·शालामा उचालेर देखाएका पनि थिए। विश्वकप ट्रफी उचाल्ने अवसर पाउने उनी पहिलो नेपाली भएका छन्।

२. खेलाडीहरू त्यो ट्रफी स्र्पर्श गर्नुलाई पनि ठूलो भाग्य सम्झन्छन्। चार वर्षको एकपटक फुटबल खेल जित्ने खेलका कप्तानले त्यो अवसर पाउने गर्दछ। त्यसरी त्यो ट्रफी जित्नु खेल जगतका लागि ठूलो प्रतिष्ठाको विषय हुने गरेको छ। अरु साधारण खेलाडीले ट्रफीको नजिक रहेर फोटोसम्म खिच्नु पनि आफ्नो जीवनको रोमाञ्चक क्षण मान्दछन्।

३. त्यस्तो महत्त्वपूर्ण ट्रफी नेपाल आउनु आफैमा महत्त्वपूर्ण कुरा हो। ट्रफी भूटानबाट नेपाल ल्याइएको हो भने हिजो नै भारतको कोलकाता लगिएको छ। ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा नेपाल ल्याइएको हो भने त्यसरी भ्रमण गराइसकेपछि आगामी वर्ष विश्वकप हुने देश ब्राजिल पुर्‍याइने कार्यक्रम छ।

४. नेपालमा ट्रफी ल्याइएकोमा खेलप्रमी यसै पनि हौसिएका छन्। फुटबल खेलाडीहरूले ट्रफीको नजिक गएर फोटो खिच्ने अवसर पाएकोमा आफूलाई कृतकृत्य सम्झेका छन्। अस्ति साँझसम्म ट्रफी र·शालामा राखिएको थियो भने त्यसपछि होटल सोल्टीमा लगिएको थियो। केही हजारले ट्रफी को अवलोकन गरेका थिए।

५. त्यसरी अवलोकन गर्ने अधिकांशले त्यो क्षणलाई आफ्नो जीवनको अविष्मरणीय क्षण भएको बताएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापाले आफू भावविभोर भएको बताएका छन्। आफ्नो टीमका लागि सर्वाधिक अन्तर्राष्ट्रिय १५ गोल गर्ने कीर्तिमानी निराजन रायमाझीले टेलिभिजनमा मात्र देखेको ट्रफीलाई प्रत्यक्ष देख्न पाउनुलाई भाग्य सम्झेकम छन्।

६. ६ किलोभन्दा बढी वजन भएको विश्वकप ट्रफी ७५ प्रतिशत शुद्ध सुनद्वारा निर्माण गरिएको हो। यो ट्रफीलाई इटालियन डिजाइनर सिल्भियो गाजाजिगाले निर्माण गरेका थिए। खेलाडीहरूको प्रेरणा र प्रोत्साहनका लागि फिफाकै विशेष जेटमार्फत विभिन्न देशको यात्रा गराइएको हो।

७. विश्वकप ट्रफीको आफ्नो महत्त्व र महिमा छ। संसारभरिका फुटबल खेलाडीको सबभन्दा ठूलो सपना भनेको ट्रफी प्राप्त गर्नु हो। चार वर्षको एकपटक विश्वकप जित्ने भाग्यमानी टीमले यो ट्रफी पाउने गर्दछ। यो ट्रफी जित्नेले नाम, दाम र प्रतिष्ठा सबै प्राप्त गर्दछ। त्यो देशको प्रतिष्ठा पनि उच्च हुन्छ। त्यसैले यो ट्रफीको महत्त्व अतुलनीय र असाधारण मानिन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width