राप्रपाको नियति

सम्पादक
चैत्र २, २०७३

१. राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। करिब १ महिना पहिलेमात्र एक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीफेरि फुटेको छ। टुट्नु, फुट्नु र जुट्नु राप्रपाको नियति नै भएको छ। यसको स्थापनाकालदेखि नै यो प्रवृत्ति देखिँदै आएको छ।

२. विगत इतिहासलाई मध्यनजर राखेर यसपटक राप्रपाका नेताहरुले अब एकताबद्ध भयो भने, कहिले फुट्ने अवस्था नहोस् भनेर अनेक दृष्टिबाट सोचेका थिए। त्यसरी सोचेर राप्रपा र राप्रपाका नीति निर्माताहरुले एकता माथिबाट होइन, तलबाट गर्नुपर्ने अचुक उपाय फेला पारेर एकताको काम तलैबाट गर्ने गरे।

३. तल्लो तहका कार्यकर्ताहरु आपसमा एकता चाहान्छन् भन्ने सबैलाई थाहा थियो। उनीहरुको सिद्धान्त एउटै, विचार एउटै, तर पार्टीदुर्इ तीनवटा भएकामा उनीहरुले सधै अप्ठ्यारो अनुभूत गर्दै आएका थिए। उनीहरुले राप्रपा, राप्रपामात्र होइन, राप्रपा नेपालसँग पनि एकता हुनुपर्नेमा दबाब दिँदै थिए।

४. गत संविधानसभाको चुनावमा राप्रपा नेपालले समानुपातिकमा धेरै सीट हात पार्न सफल भएपछि त्यसको अध्यक्ष कमल थापाको उचाई अरु बढेको थियो। राप्रपा नेपालसँग एकता गर्न राप्रपाका नेताहरु माथि दबाब बढ्दै भएको थियो। पशुपतिशमशेरले त्यो कुरा के कति चाहेका थिए, त्यो अकै कुरा हो, तर उनीमाथि पनि कार्यकर्ताको दबाब चको थियो।

५. फेरि तल्लो तहदेखि एकता अधिवेशन गर्दै केन्द्रमा पुगेको अवस्था थियो। कमल थापाको व्यवहार मन नपरेका राणा आफै थापासँग चुनाव लड्न तयार थिए तर डा लोहनी आफै चुनाव लड्ने भनेपछि राणाले आफ्नो कदम पछि हटाए। पछि कहाँबाट के भएर हो, डा लोहनी चुनाव नलड्ने अवस्थामा पुगे।

६. बाहिर हेर्दा उनीहरुको विवाद चुनाव चिन्ह जस्तो देखियो। हलो चिन्ह राख्नुपर्नेमा कमल थापाले पहिलेको आफ्नो पार्टीको चुनाव चिन्ह गाईलाई नै कायम राखे। चुनाव चिन्हकै लागि पार्टीफुटेको भन्ने अवस्था देखिँदैन। त्यसो हो भने अरु नेताहरु पनि बोल्नु पर्दथ्यो। धेरैले किन हो बोल्न चाहेका छैनन्।

७. पार्टीफुट्नु मनोवैज्ञानिक कारण पनि हुन सक्छ। वरिष्ठ वरिष्ठहरु धेरै भएको पार्टी धेरै वर्षदेखि टाढा भएर आ-आफ्नो पार्टीचलाएका व्यक्तिहरु भएका र कोहीभन्दा कोही कम नभएका नेताहरु एउटै ठाउँमा सीमित भएर रहनु गाह्रो काम हो। त्यसमा पनि कमल थापा बेलाअनुसार विचार बनाउन सक्ने नेता हुन्। अहिले उनी सत्तामा पनि आसीन हुन पुगेका छन्। त्यसको मतलब उनी अरु बलिया भएका छन्। यस्तोमा लोहनीको राजीनामा के कति प्रभावकारी होला, त्यो अहिले भन्न सक्ने अवस्था छैन। उनी आफैले तुरुन्त छुट्टै पार्टीखोल्न पनि त्यत्ति सम्भव देखिँदैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width