मौलिक संस्कृतिको जगेर्ना गर्नु आवश्यक

सम्पादक
पौष १८, २०७०

१. हाम्रो देशमा विदेशीहरूको हस्तक्षेप बढेको र चलखेल बढेको सम्बन्धमा कहिलकाहीँ चर्चा हुने गरेको छ। तर त्यसलाई के कसरी रोकथाम गर्ने भन्ने सम्बन्धमा विचार विमर्श भएको भने पाइँदैन। विदेशी हस्तक्षेप राजनीतिक र प्रशासनिक क्षेत्रमा मात्र होइन धर्म र संस्कृतिको क्षेत्रमा पनि विकराल रूपमा भएको छ।

२.     हाम्रा राजनीतिज्ञ र बुद्धिजीवीहरूले धर्म र संस्कृतिको क्षेत्रमा भएको हस्तक्षेप सम्बन्धमा खास मुख खोलेका छैनन्। यस्तो अवस्थामा एक जनाले सानो स्वरमा केही भने पनि त्यो ठूलो कुरा हुने रहेछ। अहिले त्यस्तै भएको छ। प्राज्ञ डा. जगमान गुरुङको विचार। उनले गुरुङ समुदायको मौलिक संस्कृति जोगाउन सारगर्वित विचार व्यक्त गरेका छन्।

३.     उनले हिन्दू र भोट संस्कृतिबाट गुरुङ जातिको मौलिक संस्कृति जोगाउनुपर्ने कुरामा जोड दिएका छन्। उनले उक्त कुरा पोखरामा आयोजित तमु ल्होसारको उपलक्ष्यमा आयोजित एक समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै भनेका हुन्। भन्न त उनले तमुहरूका लागि भनेका हुन् तर त्यो कुरा नेपाली मात्रका लागि आवश्यक भएको छ।

४. अहिले हाम्रो देशमा विदेशी धर्म र संस्कृति भित्र्याउने अभियान नै चलेको छ। विदेशीहरूले यही बेला हो नेपालमा आफ्नो प्रभाव पार्ने भनी लगानी र साधन स्रोत बढाउँदैछन् भने कतिपय नेपालीले पनि अवसरको फाइदा उठाएका छन्। विदेशीहरू केही एनजीओ आइएनजीओमार्फत आएका छन् भने केही धर्म र सांस्कृतिक संस्थामार्फत आइरहेका छन्।

५.     फेरि नेपालीहरू विदेश जानु र विदेशीहरूसँग उठबस गर्नु अर्थात विदेशीहरूको सर्न्र्सगमा रही दिनचर्या गर्नुलाई ठूलो उपलब्धि सम्झने गरेका छन्। कतिपयले उपलब्धि हासिल गरेका पनि छन्। नेपालीहरू केहीले भौतिक उपलब्धि हासिल गरेका छन् भने विदेशीहरूले आफ्नो धर्म, संस्कृतिलगायतका कुरा प्रचार-प्रसार गर्न पाएका छन्।

६.     हाम्रो देशमा आफ्नै धर्म, संस्कार र संस्कृति छन्। त्यसमा हामी सम्पन्न छौं। समृद्ध छौं। यस्तो अवस्थामा हामीले उत्तर र दक्षिणबाट कुनै धर्म र संस्कृति संस्कार आयात गर्नु आवश्यक छैन। त्यस्तो आयात गरिएको धर्म संस्कृति अपनाएर व्यक्ति विशेष र समुदाय विशेषले गर्व गर्न सक्छन्, लाभ लिन सक्छन्, तर त्यो राष्ट्र र राष्ट्रियताको लागि कदापि हितकर हुँदैन।

७.     प्राज्ञ जगमान गुरुङले उक्त विचार गुरुङ समुदायबीच प्रक्षेपण गरेका हुन्। गुरुङहरूले त त्यसलाई गम्भीरतापूर्वक लिनेछन् होला। तर त्यो विचार गुरुङका लागि मात्र होइन, अन्य समुदायका लागि र समष्टीमा राष्ट्र र राष्ट्रियताका लागि पनि हो। यही कुरालाई हृदयगंम गरेर सम्पूण्ा जातजाति र समुदायले आफूले अपनाउँदै आएको धर्म, संस्कृति र संस्कारको एकपटक पुनर्मूल्याड्ढन गर्नुपर्दछ र ती कुरा हाम्रो राष्ट्र र राष्ट्रियतासँग समायोजन गरी हेर्र्नुपर्दछ। राष्ट्र र राष्ट्रियतासँग मेल खान्छ भने त्यसलाई अपनाउने अन्यथा त्यसलाई परित्याग गर्न समेत तैयार हुनुपर्दछ। मौलिक धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width