१. सरकारले पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पदमा विष्णु बास्तोलालाई मनोनयन गरेको छ। उनी नेपाली काङ्ग्रेस कास्की जिल्ला समितिका उपसभापति हुन्। नवनियुक्त बास्तोला तेस्रोपटक अध्यक्ष पदमा मनोनीत भएका छन्। यसअघि सो पदमा जीतबहादुर गुरुङ मनोनीत भएका थिए।
२. पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पदलाई बडो महत्त्वका रूपमा हेर्ने गरिन्छ। नगरको विकासमा नगर योजनाको ठूलो भूमिका हुन्छ। तर नगर योजनाका पदाधिकारीहरूले त्यो भूमिकाको निर्वाह गर्न सकेका छैनन्। सुरुमा सबै के के न गर्छौ भनेर आउँछन्, तर समय बितेअनुसार उनीहरू निस्क्रि भएर जान्छन्।
३. नगर योजनामा बीस वर्षमा बीस जना अध्यक्ष फेरिएको समाचार आएको छ। पदाधिकारीहरू त्यसरी फेरिरहने भएकाले पनि केही गर्न नसकेका हुन् भने केहीले आफ्नो उपस्थिति नै जनाउन सकेनन्। केही अध्यक्षले मात्र आफ्नो सक्रियता जनाएका काम देखाएका छन्। त्यसरी सक्रियता देखाउने औंलामा गन्न सकिने थोरैमध्ये बास्तोला एक हुन्।
४. पोखरा पर्यटकीय नगरी हो। पर्यटकीय नगरीमा बाहिरबाट धेरै पर्यटक आउने जाने गर्दछन्। उनीहरू आउने जाने स्थान बसबिसौनी र विमानघाट हुन्। ती दुवै ठाउँको अवस्था राम्रो छैन। अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिकरण गरेको चार दशक पुग्न लागेको छ, तर विमानस्थल बन्ने हल्ला मात्र छ। चार दशकदेखि त्यो हल्ला जारी छ।
५. विमानस्थल अन्तर्राष्ट्रिय सहयोगले बन्नुपर्ने हो। तर बस बिसौनी चाहेमा हाम्रो स्रोत र साधनले बनाउन सकिन्छ। अन्य नगर क्षेत्रमा बनेका बस बिसौनीहरूले त्यो देखाएका छन्। हाम्रो बस बिसौनी बजार लाइन प्रवेश गर्ने ठाउँमा अवस्थित छ। तर बस बिसौनी अव्यवस्थित र फोहोर छ। त्यसले भरखरै पोखरा छिरेका पर्यटकलाई के छाप पर्ला सोचनीय कुरा छ।
६. पोखरेलीका लागि सबभन्दा ठूलो आवश्यकता भनेको बस बिसौनी, अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल र स्वच्छ सफा फेवाताल हो। तिनीहरूका लागि कुरा धेरै भए तर काम भएका छैनन्। प्रतिबद्धता जनाउने धेरै भए, ठोस काम गर्ने कोही भएनन्। केहीले फोटो पनि खिचाए, फोटो सार्वजनिक पनि गरे, तर कामलाई निरन्तरता दिएनन्।
७. यो महत्त्वपूर्ण अवसर हो। यसबेला पोखरा नगर योजनाले काम देखाउने बेला हो। हिजो केही काम देखाएकाले अध्यक्ष बास्तोला फेरि मनोनीत भएका होलान्। अहिले समयको महत्त्वलाई हृदय·म गरेर केही न केही विकास निर्माणका ठोस काम गर्नुपर्दछ, गरेर देखाउनुपर्दछ। पछि गरौंला भन्ने अवस्था छैन। समयले कसैलाई पखर्ंदैन। समयको महत्त्वलाई ख्याल राख्नु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
वैशाख २८, २०८१साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
वैशाख २८, २०८१मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
वैशाख २८, २०८१सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१