चिकित्सकको लापरवाहीको नमूना

सम्पादक
चैत्र १७, २०७१

१. काठमाडौं महाराजगञ्जमा अवस्थित शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले गुणस्तरीय अस्पताल र गुणस्तरीय चिकित्सक उत्पादनका लागि आमरण अनसन बसिरहेका बेलामा स्तरहीन चिकित्सकको उपचार के-कस्तो हुन्छ र त्यसको परिणाम के हुन्छ भन्ने कुरा ओखलढुङ्गाको सामुदायिक अस्पतालमा देखिएको छ।

२. भर्खरै समाचार सार्वजनिक भए अनुसार फागुन ४ गते सामुदायिक अस्पतालमा तीन महिनाकी गर्भवती रञ्जना राई रक्तस्राव भएपछि उपचारका लागि अस्पताल भर्ना भएकी थिइन्। चिकित्सकको सल्लाहबमोजिम भोलिपल्ट उनको अपरेशन गरी गर्भपतन गराइयो। गर्भपतन त सम्पन्न भयो तर चिकित्सकको लापरवाहीले उनको पाठेघरभित्र कपडा र कैंची त्यतिकै रहृयो।

३. अस्पतालबाट घर फर्किदा पनि रञ्जनाको रक्तस्राव रोकिएन। पेट पनि अनौठो किसिमले दुख्यो, पुनः उनलाई सह्रै नै गाह्रो भयो। त्यसैबीच, एकदिन उनले दिसा गर्ने क्रममा उनको पाठेघरबाट कपडा निस्िकयो। उनी फेरि अस्पताल गइन्। अस्पतालमा पाठेघरमा भएको कैची र अर्को कपडा निकालियो।

४. यस्तो घटना ओखलढुङ्गामा मात्र भएको होइन, अन्यत्र पनि हुने गरेका छन्। कतै यस्तो घटना समाचार बन्छ, कतै त्यसलाई भित्रभित्रै लुकाइन्छ। फरक यति मात्र हो। सिकारु चिकित्सक र चिकित्सकको लापरवाहीले धेरै अस्पतालमा धेरैले अकालमा ज्यान गुमाउनु परेका घटना धेरै छन्।

५. यस्तो घटना बारम्बार भइरहेको र त्यसले गर्दा अनावश्यक विवाद उत्पन्न भइरहेकाले गुणस्तरीय अस्पताल र गुणस्तरीय चिकित्सक उत्पादन गर्नु पर्दछ भन्नु नराम्रो कुरा होइन। वरिष्ठ चिकित्सक डा. केसीले त्यसैका लागि आफ्नो ज्यान हत्केलामा राखी आमरण अनसन बसिरहेका छन्।

६. तर एमाले पक्षधर केही मन्त्री, सभासद् र एमालेका कोटाबाट नियुक्ति पाएका केही व्यक्तिहरू डा. केसीप्रति हिलो छ्याप्ने प्रयास गरिरहेका छन्। उनीहरू डा. केसीको आमरण अनसन अनावश्यक भन्दै यही बेला एमालेका धेरै नेता र कार्यकर्ताका शेयर भएको मनमोहन अधिकारी शिक्षण अस्पतालको त्रिविविबाट सम्बन्धन लिएरै छाड्ने मनस्थितिमा छन्।

७. डेढ दर्जन भन्दा बढी शिक्षण अस्पतालहरू अहिले सम्बन्धनको पखाइमा छन्। तिनीहरू पूर्वाधार र आवश्यक शर्त पुर्‍याउनु भन्दा सोर्सफोर्स र यताउताबाट सम्बन्धन लिन दौडधुप गरिरहेका छन्। उता, सरकारले यससम्बन्धी नीति निर्धारणका कुरा सिफारिस गर्न पूर्व उप-कुलपति केदारभक्त माथेमाको अध्यक्षतामा समिति गठन गरेको छ। त्यो समितिको प्रतिवेदन नआएसम्म कसैले पनि कसैलाई सम्बन्धन दिनु उचित होइन। जथाभावी सम्बन्धन दिँदा ओखलढुङ्गाको जस्तो केश जताततै हुन सक्दछ। त्यसकारण यसमा सबै चनाखो हुनै पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width