अर्मलाका पीडितहरूलाई सहयोग गर

सम्पादक
असार १३, २०७१

१. कास्की जिल्लाको अर्मला गाविसको खेतमा भ्वाङ परेको र भ्वाङको सङ्ख्या बढ्दै गएको छ। खेतमा करिब २०० वटा जति भ्वाङ परिसकेको छ। जसले गर्दा खेती त गर्न नसकिने नै भयो त्यहाँका डेढ दर्जन बढी घरसमेत जोखिममा परेका छन्। त्यहाँको विद्यालय भवनसमेत जोखिममा परेको छ।

२. एक वर्ष पहिले भ्वाङ पर्न थालेको त्यस खेतको बर्बादी हेर्न मानिसहरूको मेला नै लागेको थियो। अब वर्षा सुरु के हुन लागेको थियो कि भ्वाङ फेरि पर्न थालेको छ। जसले गर्दा स्थानीय जनता आत्तिन थालेका छन्। पीडित जनताले राहत र मुआब्जाको माग गरेका छन्।

३. खेतमा परेको भ्वाङ सभासद्हरू, मन्त्रीहरू र प्रधानमन्त्री सुशील कोइरालाले पनि अवलोकन तथा निरीक्षण गरेका थिए। सबैले सहानुभूति प्रकट गरी राहतको व्यवस्था गरिदिने आश्वासन दिए। पीडित जनताले आहत धेरै पाए।तर मुआब्जास्वरूप खास केही पाएका छैनन्।

४. खेतमा भ्वाङ के कसरी पर्‍यो भनी प्राविधिक टोलीहरू पनि आए। टोलीले सरकारलाई रिपोर्ट पेश गरेको हुनुपर्दछ। त्यस टोलीले वर्षा सुरु हुनुपूर्व त्यहाँको पानीको बन्दोबस्त गरी कालीखोलामा पुर्‍याउनुपर्ने राय दिएका थिए। अब त मनसुन सुरु भएको छ तर त्यहाँ रोकथामको काम खास भएको छैन।

५. प्राविधिक टोलीले त्यहाँ पहिले भएको खोलाको पानी स्वाभाविक किसिमले बग्न नपाएकोले त्यो पानी अन्त जमिनभित्र प्रवेश गरेको र त्यसरी पसेको पानीले जमिनभित्रको कमेरो माटो बगाउन थालेकोले खेतको त्यो दुर्दशा भएको जनाएका छन्। टोलीले केही सुझाव दिएको छ। तर त्यसको कार्यान्वयन भएको छैन।

६. स्थानीय जनताले नाग पूजासमेत गरेका छन्। अनेक हल्ला र अफवाह फैलिएको छ। यहाँको आवाज व्यवस्थापिका संसद्मा समेत पुगेको छ। प्रश्न सोध्नेले सोधिरहेका छन्। तर ठोस काम कुरा केही भएको छैन। स्थानीय जनता निराश प्रायः छन्।

७. उनीहरूलाई निराश राख्नुभएन। उनीहरूलाई सरकार छ र सरकारले सहयोग गर्छ भन्ने पार्नुपर्दछ। यसमा स्थानीय प्रशासन र यहाका सङ्घसंस्थाले पनि केही गर्नुपर्दछ। सबैको सामूहिक स्वर केन्द्रमा पुर्‍याउनुपर्दछ, ताकेता गर्नुपर्दछ र बराबर घच्घच्याउनुपर्दछ ताकि पीडित पक्षले २/४ दिन भए पनि छिटो मुआब्जा पाउन सकून्। र खोलाको पानीको व्यवस्थापन गर्ने काम तुरुन्त सुरु गर्नुपर्‍यो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width