पीडादायी वृद्धावस्था

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७३

वृद्ध अवस्था भन्नाले ६० वर्षमाथि कमोर्इन्द्रिय शिथिल बेसहारा अवस्था या कपाल फुलेको उमेरले पाको सम्झदा कस्तो होला – बाल्यावस्था सबैको प्यारो करिब १० वर्षभित्र पर्ला, त्यसपछि वयस्कतिर प्रवेश होला, २५-३० वर्षको हाराहारीमा जवानी सबैको मन पर्ने, काम काज गर्ने  फूर्ति जोश, होस भएको तन्नेरी भन्दा सुन्दा पनि राम्रै लाग्छ। गोरो रातो पिरो भए जवानलाई कसले मन नपार्ला ∕ खाइलाग्दो जवानीमा स्याल पनि घोर्ले हुन्छ भन्छन्। मानिसको के कुरा जहाँ गए पनि सबैको आकर्षण हिरो होला नदेखे पनि देखौँ देखौँ लाग्ने नगए पनि जाउँ जाउँ लाग्ने, नबोले पनि बोलुँ बोलुँ लाग्ने कस्तो दिलै पगालेर राजा रङ्क सबैले खोज्ने त्यसैले होला सरकारी अफिस अड्डा अदालत जागिर समेतमा ३५ वर्ष ननाघेको भनेर विज्ञापन निकाल्छन्। त्यो देख्दा ५० वर्षको मानिस के ठान्ला मेरो काम छैन तर मानिस त्यही हो जसमा उमेरले कति फरक पार्दाे रहेछ। अब रहृयो ५० भन्दा माथिको उमेर, मानिस त्यही जुन जवानी थियो पछि उही वृद्ध भयो। अन्तर भनी साद्धे छैन, रूप रङ उस्तै होला, कपाल कालोबाट सेतो भएको नै हो। त्यहीँ मानिस बच्चामा सबैको प्यारो जवानीमा राम्रो, वृद्ध हुँदा उही कुरूप उही नराम्रो बुद्धिशुद्धि हुँदैन अरे, देख्दा राम्रो छैन अरे, सोझो शरीर कुप्रो परेछ शुद्धि हराएछ, बुद्धि पनि कुन्नि कता गएछ, अरूले त क्या हो क्यहो आफ्नै छोराछोरी, सन्तान, नाति नातिनासमेतको मन नपर्दाे बन्यो। कसरी उसैले जवानीमा सन्तानका निम्ती कति दुःख खेप्योे होला, ऐले यस्तो उसलाई हेर्ने फुसद सम्म छैन। उसको कुरा कसैले सुन्दैनन्, भनेको मान्दैनन् । यी बूढा यस्तै हुन् भनी खिस्सी गर्छन्, चित्त दुःख्छ दुख्दैन – “आगो ताप्नु मूढाको कुरा सुन्नु बूढाको” भन्ने उखान कता गयो ? त्यही मानिस जवानीमा प्यारो, वृद्ध हुँदा हेला, घरमा ठाउँ नभएर वृद्धाश्रम जान पर्ने कस्तो परिवेश – कतिका छोरा बुहारीले हेरचाह गर्न नपाउने, कतिले नभ्याउने, कतिले हेर्दै नहेर्ने, वृद्धाश्रम जान बाध्य पार्ने कस्तो विडम्बना ∕ कसैलाई त घरबाटै निकालेको पनि देख्न पाइन्छ। खान लाउन त परै जाओस्, बस्न सम्म पनि दिँदैनन्। उसैले आर्जेको सम्पत्ति खान मारपिट गर्दछन्  हत्या सम्मका अपराध भएको सुनिन्छ। एकल वृद्ध पुरुष र एकल  वृद्धा महिलामा कतै फरक देखिन्छ तर दूरदशा चाहिँ उस्तै-उस्तै हो। बूढाबूढी  सबैको हेलारी हुने, माया कसैको नपाउने, वृद्धाश्रममा जान पर्ने अवस्था ज्यादै देखिन्छ। किन होला यस्तो बिडम्बना, यही हो वृद्ध वृद्धाहरूको सम्मान ?

आफ्ना घर परिवारका सदस्य सबैको अपहेलना तिरस्कार खेप्नु पर्दा वृद्धको मन कति रुन्छ होला ?- उनीहरुको पिडा कसले सुन्ने ? सुखमा हाई हाई विपत्तिमा कोही छैन दाजु भाइ। हाम्रो परिवेशमा वृद्धहरूको अवस्था यस्तै छ। यस्तो अवस्था नभोगेका एकाध होलान् कसै कसैका छोरा बुहारी विवेकशील होलान्। बूढा बुबाआमालाई स्याहार सुसार गर्लान् पालनपोषण गर्लान् नत्र भन्न सकिएन। धेरैको विजोक देखिन्छ। अधिक बूढाबूढीको अवस्था दयनीय नै छ। कति त रुँदै हिँडेको पनि भेटिन्छ। तर पश्चिमी मुलुक विशेषतः युरोप तिर यस्तो छैन। ती मुलुकमा आफ्ना सन्तानलाई पढाइलेखाइ सकेपछि विवाहबारि भएपछि बुबा आमालाई दुःख दिँदैनन्। आफ्नो भरणपोषण आफैँ गर्दछन्। बाबाआमाको सम्पत्ति सन्तानलाई दिनु पर्दैन। जग्गा जमिन केही दिन बाध्य हुनु पर्दैन। बूढाबूढीले आफै खाने बाँकी ट्रस्ट या आश्रममा दिने आफूहरू पनि उहीँ जाने सबै व्यवस्था छ। त्यहाँ सबै कुरा सरकार आफैं गरिदिन्छ। वृद्धहरूलाई केही समस्या पर्दैन। आफ्नो अन्तिम समयसम्म सुखले बाँच्छन्। अरूको भरमा बाँच्नु पर्दैन। कसैले सेवक  राखेर आफ्नो व्यवस्था आफै गर्दछन्। नेपालमा पनि आगामी दिनमा त्यस्तो नहोला भन्न सकिँदैन तर अहिलेको अवस्था सार्है दयनीय छ। छोरा बुहारीले सम्पत्ति खान जे पनि गर्ने परम्परा यहाँ देखिन्छ। पुर्‍ख्यौली सम्पत्ति खान मारपिट र झगडा हुने कार्य हामीले प्रायः देखिरहन्छौं। कति ठाउँमा छोराले बाबु मारेको घटना पनि सुनिन्छ। सक्नेले आफू गर्नु पर्‍यो, नसक्नेले त्यहीँ भएकोमा सन्तुष्ट हुनु पर्‍यो। ‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी’ भने जस्तो गर्नु भएन। सम्पत्ति भए या नभए पनि साह्रै गारो, कति रुँदै हिँडेको पनि नदेखेको होइन, कतिका छोरा बुहारी भ्याउँदैनन्, कतिका छैनन्, कोही भएर पनि गर्दैनन्, कतिका छोरा देश विदेश होलान्। अरूले गर्दैनन् ∕ त्यसैले यस्तो समाजका वृद्ध वृद्धाले आफ्नो जीवन धान्न पुग्ने सम्पत्ति नगदै राख्नु अनिवार्य देखिन्छ। जसले गर्दा आवश्यक खर्च गर्न सहज बन्दछ। साथै वृद्धवृद्धाको दिनचर्या व्यवस्थित गर्न सत्स·, आहार, विहार र स्याहारको उचित प्रबन्ध गरिनु पर्दछ।

Related News

सम्बन्धित समाचार

hero news full width