पोखरा, ५ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबार लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका अध्यक्ष धनिराम बराल लगायतको टोलीले ५१ हजार १ सय ५ रुपैंयाको चेक प्रमुख जिसीलाई हस्तान्तरण गरेका हुन् । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार ५ सय सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीसहितको टोलीले पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरेका छन् । यसैगरी पाल्पाली बहुउद्देश्यीय सहकारीका अध्यक्ष कुलप्रसाद घिमिरेले २० हजारको चेक प्रमुख जिसीलाई हस्तान्तरण गरेका छन् । जिसी इलेक्ट्रिकका प्रेमबहादुर जिसीले २५ हजार ५ सय ५ सहयोग गरेका छन् ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीले एक लाख सहयोग गरेको छ । कृषि बजार व्यवस्थापन समिति पोखराले ५५ हजार, राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघ कास्कीले ५१ हजार सहयोग गरेका छन् । कास्कीमा रहेका चार्टड एकान्टेन्टहरुको पहलमा नेपाल चार्टड एकाउन्टेन्ट संघले ६० थान बुट र सय थान सर्जिकल ग्लोप्स महानगरलाई दिएको छ । संघ का केन्द्रीय सदस्य अनील लामिछाने र चार्टड एकाउन्टेन्ट विवेक श्रेष्ठले महानगर प्रमुख जिसीलाई उक्त सामग्री हस्तान्रतण गरेका हुन् ।
यसैगरी बुद्ध बचत तथा ऋण सहकारी संस्था २५ हजार, सञ्चार बचत तथा ऋण सहकारी संस्था २० हजार, सिर्जना महिला बचत तथा ऋण सहकारी १० हजार, फलौरा बहुउद्देश्यीय सहकारी १० हजार र पोखरा ४ का शुरेशचन्द्र कोइरालाले १० हजार सहयोग गरेका छन् । महानगरको कोषमा शुक्रबार सम्म ३ करोड ८२ लाख १८ हजार ५ सय १ रुपैंया जम्मा भएको छ । पोखरा महानगरपालिकाले २ करोड राखेर राहत कोष स्थापना गरेको हो भने कोषमा महानगरका सम्पूर्ण कर्मचारीको ४८ लाख ५० हजार, प्रदेश सरकारको एक करोड र विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेका छन् ।यसैगरी असल छिमेकी संघले वडा नम्बर १ र २५ मा एक÷एक सय प्याकेज खाद्यान्न, राष्ट्रिय युवा सञ्जालले वडा नम्बर ३२ को समन्वयमा ५० पोका राहत वितरण गरिएको छ ।
Related News
सम्बन्धित समाचार
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
hero news full width
मुख्य समाचार
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
चैत्र ३१, २०७७बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
चैत्र ३१, २०७७सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
चैत्र ३१, २०७७प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
चैत्र ३१, २०७७कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
चैत्र ३०, २०७७