सबै बैंकका सबै शाखा आइतबार खुला

एजेन्सी
चैत्र ३०, २०७६
Build bank

काठमाण्डौ,३० चैत । तेस्रो त्रैमासिकको अन्तिम दिन भएकाले आइतबार सबै बैंकका सबै शाखा कार्यालयहरु खुला गरिएको छ । लकडाउनका बेला बैंकहरुले सेवा सुचारु नै राखे पनि सबै शाखा कार्यालयहरु भने खुला राखेका थिएनन् । कहिले कुन शाखाबाट त कहिले कुन शाखाबाट सेवा दिइरहेका बैंकहरुले आइतबार भने सबै शाखा कार्यालयहरु खुला राखेर काम गरेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।

आइतबार २०७६ सालको अन्तिम दिन समेत हो । तेस्रो त्रैयसमा सम्पूर्ण हिसाबकिताब (क्लोजिङ) का कामहरु गर्नै पर्ने भएका कारण बैंकहरुले सबै शाखा खोलेको कार्यकारी निर्देशक शर्माले जानकारी दिए ।कोरोना भाइरस (कोभिड–१९) का कारण अप्ठेरोमा परेको भन्दै चैतमा तिर्नु पर्ने ऋण असारमा तिरे हुने गरी नेपाल राष्ट्र बैंकले सहुलियत प्याकेज ल्याएको छ । चैतमै तिरेको अवस्थामा भने ऋणिले ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । ब्याजमा १० प्रतिशत छुट लिनका लागि आज अन्तिम दिन समेत हो ।

Related News

सम्बन्धित समाचार

hero news full width