एक महिनाको घरभाडा छुट

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७६
IMG_5287

वालिङ, २५ चैत । यहाँका एक घरबेटीले दश परिवारका लागि एक महीनाको घरभाडा छुट दिएका छन् । वालिङ नगरपालिका १ रामबाच्छा बस्ने क्याप्टेन रुकबहादुर गुरुङले आफ्नो घरमा बस्ने दश परिवारका लागि चैत महीनाको घरभाडा छुट दिने घोषणा गरेका हुन् ।

“लकडाउनका कारण काम गरेर खाने समुदायमा निक्कै अप्ठ्यारो परेको छ” घरबेटी गुरुङले भने । “उनीहरुको पीडामा आहात नभई राहतस्वरुप एक महिनाको घरभाडा छुट दिने घोषणा गरेको हुँ ।” वालिङ १ रामबाच्छास्थित गुरुङको घरमा रामबाच्छा जीप समितिको कार्यालय र अन्य १० परिवार भाडामा बस्दै आएका छन् ।“प्रत्येक महीना घरभाडाबाट सत्र हजार ५०० बुझ्ने गरेको थिएँ” घरबेटी गुरुङले भने । “सारा विश्व नै संकटमा परेको बेला एकले अर्कोलाई साथ, सहयोग र सहुलियत दिनु जरुरी ठान्दछु ।” आँफूले एक महीनाको भाडा छुट दिंदै गर्दा केही परिवारलाई खाद्यान्न जोहो गर्नका लागि सहयोग पुग्ने भएकाले पनि आँफूले भाडा नलिने निर्णय गरेको घरबेटी गुरुङले बताए । गुरुङले आज वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा १५ हजार नगदसमेत उपलब्ध गराएका थिए ।

एक महीनाको घरभाडा छुट दिएर क्याप्टेन गुरुङले उदाहरणीय कार्य गरेको नगर प्रमुख दीलिपप्रताप खाँणले बताए । “विश्वभर सबै समुदाय कोरोना विरुद्धको अभियानमा एकजुट भएर अगाडि बढीरहेको अवस्थामा क्याप्टेन गुरुङले गर्नुभएको सहयोगको प्रशंसा गर्दछु” नगर प्रमुख खाँणको भनाई थियो । वडा कार्यालयले मनकारी गुरुङप्रति आभार ब्यक्त गर्दै अरुले पनि उहाँको कार्यको अनुकरण गर्न सके राम्रो हुने वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले बताए ।

Related News

सम्बन्धित समाचार

  • किसानलाई निःशुल्क आलुको बीउ

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटस्थित महिला साना किसान कृषि सहकारी संस्था लि.ले उत्कृष्ट किसान छनोट गरी निःशुल्क आलुको बीउ उपलब्ध गराएको…
  • पोखरामा गोदाबरी पुष्प प्रदर्शनी तथा गण्डकी प्रादेशिक पुष्प मेला हुने

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८१
    पोखरा । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) जिल्ला समिति कास्कीले तिहार तथा छठ अवसरमा यसपालि पनि पुष्प मेला तयारी गरेको छ…
  • लगानीकर्ता शिक्षा तथा सचेतना

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८१
    गैंडाकोट । विश्व लगानीकर्ता सप्ताह–२०२४ अवसरमा नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटको आयोजनामा लगानीकर्ता शिक्षा तथा सचेतना…
  • समृद्धिको आधार: बाटो र विकास

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बढ्दो भ्रष्टाचार र राज्य सत्ताको दोहनले नेपाली…
  • गह्रौंकालिकालाई धार्मिक पर्यटन गन्तव्य बनाउन सकिने

    भवानी अधिकारी कार्तिक ३, २०८१
    स्याङ्जा । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गह्रौंकालिका मन्दिरलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन सकिने बताएका छन…

hero news full width