काठमाण्डौ, २४ चैत । नेपाल सरकारले राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा अधिकारीलाई नियुक्त गरेको हो।
राष्ट्र बैंक ऐनअनुसार बहालवाला गभर्नरको पद रिक्त हुनुअघि नै सूचना जारीगरी नयाँ गभर्नरको नियुक्तिका लागि सिफारिस दिन मन्त्रिपरिषदले समिति गठन गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार मन्त्रिपरिषदले चैत ९ गते अर्थमन्त्रीको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा रहेको तीन जनाको समिति गठन गरेको थियो।उक्त समितिले कामु गभर्नर चिन्तामणि सिवाकोटी, लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी र पूर्वअर्थसचिव राजन खनालको नाम सिफारिस गरेको थियो। उक्त ३ जनामध्ये अधिकारीलाई मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको हो। निवर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल चैत ६ गते नै सकिएपछि नयाँ गभर्नरबारे सार्वजनिक चासो बढेको थियो। सिफारिस भएका अन्य दुईभन्दा अधिकारी व्यावहारिक क्षमता अर्थात् कार्यसम्पादनमा बढी योग्य मानिन्छन्।
महाप्रसाद अधिकारी लगानी बोर्डका सीईओ हुन्। लगानी बोर्डमा उनको कार्यकाल अगामी असारसम्म रहेको छ। उनी योभन्दा अगाडि पनि गभर्नर नियुक्तिका लागि सिफारिस भएका थिए।उनीसँग नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेको अनुभव छ। नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर समेत भएका अधिकारीले सन् १९९३ मादी इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट चाटर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पूरा गरेका छन्। अधिकारी वि.सं.२०२० सालमा खोटाङमा जन्मिएका हुन्।
गभर्नरमा नवनियुक्त अधिकारी नेकपानिकटस्थ मानिन्छन्। नेकपामा पनि उनलाई माधव कुमार नेपालनिकट मानिन्थ्यो। राष्ट्र बैंकमै डेपुटी गभर्नर हुनुअगाडि उनी नेपाल निकट मानिन्थे। उनी डेपुटी गर्भनर हुँदा तत्कालीन समयमा गभर्नरमा युवराज खतिवडा थिए। उनले खतिवडासँग नजिक रहेर काम गरेका थिए। अहिले अर्थमन्त्रीमा उनै खतिवडा छन्। सोही कारण पनि खतिवडाले अधिकारीलाई रोजेका हुन्।विज्ञताको आधारमा उनलाई राम्रो मानिन्छ। लगानी बोर्डमा उनले आफ्नो कार्यकुशलता राम्रैसँग देखाएका छन्।
Related News
सम्बन्धित समाचार
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
मुक्तिनाथको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा
hero news full width
मुख्य समाचार
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७