नेपाल बैंकको पाँच लाख सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७६
admin-ajax

पोखरा, २० चैत । नेपाल बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराले बैंकको संस्थागत सामाजिक उत्तदायित्व अन्तर्गत गण्डकी प्रदेश सरकारद्धारा स्थापना भएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय गण्डकीका प्रमुख विनय केशरी पौड्यालले उक्त रकमको चेक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् । यस अघि नेपाल बैंक लिमिटेडको प्रधान कार्यालयले नेपाल सरकारको कोषमा रु १ करोड जम्मा गरि सकेको छ ।

साथै विद्यमान कठिन तथा विषम परिस्थितिमा बैंकले ग्राहकहरुको बैंकिङ आवश्यकतालाई सर्वोपरी मान्दै पोखरा उपत्यकाका पृथ्वीचोक र पोखराको तेर्सापट्टी बाट बैंकिङ सुविधा आलोपालो गरी प्रदान गर्दै आएको जानकारी पृथ्वीचोक शाखाका शाखा प्रबन्धक निलुजा श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width