एनसेलले आफ्नो नेटवर्कको नाम #स्टेहोम देखाउदै सामाजिक दुरी कायम राख्न प्रोत्साहन

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७६
image002

सामाजिक दुरी कायम राख्नका लागि प्रोत्साहन गर्दै, एनसेलले आफ्नो नेटवर्कको नामको सट्टामा #स्टेहोम अर्थात घरमै बस भन्ने सन्देश राखेको छ । यो सन्देश स्मार्टफोनमा नेटवर्क सिग्नल देखिने ठाउँसँगै देखिन्छ ।

अहिले विश्वभर कोरोनाभाइरस महामारी फैलिएको संकटको अवस्थामा स्मार्टफोन प्रयोगकर्ताहरुलाई घरमै बस्न प्रोत्साहित गर्न कम्पनीले यस्तो सन्देश राख्ने निर्णय गरेको हो ।

स्मार्टफोन निमार्ताका आ–आफ्नै विषेशता हुने र सेटिङ्गसँग सम्बन्धित कारणले गर्दा सबै प्रकारका स्मार्टफोनमा यो सन्देश नदेखिन सक्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width