जन्मदिनमा सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७६
2

हेमजा । माछापुच्छे गाउँपालिका–५, हुम्दी (हाल पोखरा–१६, तल्लोदीप) निवासी गोपाल गिरीले आफ्नो ६६ औं जन्मदिन विद्यार्थीलाई सहयोग गरी मनाएका छन् ।उनले पोखरा–१, बगरस्थित संस्कृत माविमा कक्षा ५देखि १० सम्म पढ्ने २६ जना विद्यार्थीलाई शुक्रवार खाना खुवाउनुका साथै स्टेशनरी सामान वितरण गरी मनाएका हुन्।

समाजसेवी एवं राजनीतिकर्मी गिरी नेपाल अभिभावक महासंघ कास्की उपाध्यक्ष, गैरसरकारी संस्था महासंघ नेपाल कास्की सदस्य तथा साविक नेकपा एमाले जिल्ला सदस्य हुन्।
सो अवसरमा विद्यालय प्रअ गोविन्दप्रसाद सिग्देल, सहायक प्रअ श्रीकृष्ण सिग्देल, ध्यानशिक्षक कृष्णशरण उपाध्याय, छात्राबास सुपरीवेक्षक गोविन्दप्रसाद अधिकारी लगायत उपस्थित थिए । गिरीले आफ्नो जन्मदिन आगामी वर्षमा पनि यस्तै रचनात्मक कार्य गरी मनाउने प्रतिबद्धता जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width