राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७६
mahayagya

लेखनाथ। पोखरा–३२, श्यामघाट लामेआहालमा रहेको राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ शुरु भएको छ ।महायज्ञ शुरुहुनु पूर्व शनिवार कलश यात्रा गरिएको थियो । यात्रामा विभिन्न संघ, संस्था र आमा समूह कलश यात्रामा सहभागिता जनाएका थिए । पावरहाउसबाट शुरु कलश यात्रा गगनगौडा बजार, तल्लोगगनगौडाहुदै महायज्ञ स्थलमा पुगेको थियो ।

कार्यक्रमको उद्धघाटन गर्दे संघीय सांसद खगराज अधिकारीले शान्ति र मेलमिलाप बिना समाज अगाडि वढ्न नसक्ने भन्दै मान्छेले अहङकार, लोभ, ईश्या त्याग्नु पर्ने वताउदै संस्कृति र धर्मको रक्षा एवं जगेर्ना गर्नकै लागि भए पनि ज्ञान महायज्ञ गर्नुपर्ने धारणा राखेका थिए । अधिकारीले संसारमा धर्मको अविस्कार गर्ने देश, ज्ञान र विद्याको देश, शास्त्र, सास्कृत भाषाको उद्गम स्थलको देश, वेद, उपनिषद, महाभारत, रामायण त्रिपिटक लगायतका धार्मिक ग्रन्थ लेख्ने देश नेपाल भएको ठोकुवा गर्दै यो देशको विकास र धार्मिक क्षेत्रको विकासका लागि सवैले आफ्नो क्षेत्रवाट सक्दो सहयोग गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा महायज्ञ मूल समारोहका संरक्षक एव महन्त मुकुन्दशरण उपाध्याय, देवघाट मन्दिरका पिठाधीश हरिशरण उपाध्याय, ब्रहमण समाज नेपालका केन्द्रीय अध्यक्ष प्राडा. नारयणप्रसाद अधिकारी, पं. प्रमुख वाचक राधाशरण काफ्ले, राष्टिय समाचार समिति पोखराका प्रमुख वासुदेव पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेन्द्र ओझा, ब्रह्म कुमारी इश्वरीय विश्व विद्यालय गगनगौडा शाखा कि चन्द्रिका दिदी, महायज्ञका सल्लाहकार मोति गिरी, लगायतले आ आफ्नो धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष एवं संयोजक गणेश खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा उज्जल आमा समुहकी अध्यक्ष रजनी लामिछानेले स्वागत मन्तव्य राखेकी थिएन् भने राधाकृष्ण सांस्कृतिक भजन समुहका सचिव सन्जय ढकालले कार्यक्रम संचालन गरेका थिए । पण्डित राधाशरण वाग्ले प्रमुख वाचक रहेको महायज्ञमा दैनिक श्रीमद्भागवत वेद, चण्डी, रुद्री गीता पाठ पारायण र हवन गरिने, विहान ६ बजे देखि भगवत् पुजन र आरती, पाठ पारयण प्रारम्भ र विहान ११ बजे देखि वेलुका ५ बजे सम्म भगवत लिला र झाँकी सहित कथा प्रवचन र साँझ ६ बजे देखि भजनकृतन सहित आरती र भागवत् महात्म्य कथा प्रवचन हुने छन् ।

मन्दिरका संस्थापक गोलोक वासी आचार्य भगवत् शरण देवाचार्य, हरिदास देवाचार्य, पूर्व महन्त लक्ष्मीशरण देव र जग्गा संयोजन कर्ता हरि प्रियादासी अधिकारी तथा सम्पुर्ण पितृहरुको स्मृतिमा फाल्गुण १६ गते देखि २४ गते सम्म श्रीमद् भागवत महापुराण तथा धन धान्याचल ज्ञान महायज्ञ चल्ने छ ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथमा महायज्ञ समिति

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ। वि.स. २०६० सालमा महायज्ञ गरेर निर्माण शुरु गरिएको पोखरा ३० को लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने…
  • राधाकृष्णको महायज्ञबाट ४० लाख

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ । पोखरा–३२, श्यामघाट लामेआहाल स्थित राधाकृष्ण मन्दिरको ज्ञान महायज्ञमा ४० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । मन्दिरको…
  • अस्पताल बचाउन फेरि महायज्ञ

    आदर्श समाज सम्वाददाता फागुन २३, २०७६
    भीमपाणि बराल-लेखनाथ । पोखरा ३०, मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गीण विकासका लागि आगामी बैशाखमा महायज्ञ सञ्चालन गरिने भएको छ…
  • राधाकृष्ण मन्दिरमा महायज्ञ जारी

    आदर्श समाज सम्वाददाता फागुन २२, २०७६
    कविराज खानल-लेखनाथ ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले…
  • राधाकृष्णमा महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता फागुन १४, २०७६
    पोखरा ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको संरक्षण र सम्वद्र्धन तथा सर्वाङ्गीण विकास गर्न श्रीमद्भागवत् महापुराण तथा धनधान्याचल…

hero news full width