पोखरा ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको संरक्षण र सम्वद्र्धन तथा सर्वाङ्गीण विकास गर्न श्रीमद्भागवत् महापुराण तथा धनधान्याचल ज्ञानमहायज्ञ–२०७६ आयोजना गरिने भएको छ । महायज्ञ फागुन १६ देखि २४ सम्म मन्दिर परिसरमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
संस्थाको धार्मिक पर्यटकीय क्षेत्रको सर्वाङ्गीण विकासका लागि गुरुयोजनाअनुरुप राधाकृष्ण मन्दिरसहित अन्य देवीदेवताका मन्दिर निर्माण, यज्ञशाला, गौशाला, संस्कृत विद्यालय, वृद्धाश्रम निर्माण, फोहोरासहित पानीपोखरी, बहुउद्देश्यीय भवन, आयुवेर्दिक चिकित्सालय, मृत्यु संस्कार भवन, आध्यात्मिक चिन्तन भवन, भजनकीर्तन भवन, योगसाधना भवन, फलफूलोद्यान, पार्क व्यवस्थित बाटो निर्माण एवं अक्षयकोषको स्थापना गर्न महायज्ञ आयोजना गरिएको ज्ञानमहायज्ञका संयोजक गणेशबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार महायज्ञबाट १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य छ ।
महायज्ञ सफल पार्न १ हजार ८ सदस्यीय मूल समारोह समिति तथा विभिन्न २८ उपसमिति समेत गठन गरिएको महायज्ञ महासचिव घनश्याम खनालले बताए ।मन्दिरका संस्थापकद्वय गोलोकवासी आचार्य भागवत्शरण देवाचार्य र हरिदास देवाचार्य, पूर्व महन्त लक्ष्मीशरण देव लगायत पितृहरुको स्मृतिमा आयोजित महायज्ञ सफल बनाउन सहयोगका लागि सबैसँग अनुरोध गरिएको छ ।उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै राधाकृष्ण मन्दिरका महन्त मुकुन्दशरण उपाध्यायले सामाजिक सुधारका लागि धार्मिक विश्वास जगाउन जरुरी रहेको बताए । कार्यक्रममा स्वतन्त्र पत्रकार संघनेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला र महायज्ञ सल्लाहकार मोति गिरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महायज्ञ मूलसमारोह महासचिव घनश्याम खनालले संचालन गरेको कार्यक्रममा सहसचिव भुलाप्रसाद भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा महायज्ञ समिति
राधाकृष्णको महायज्ञबाट ४० लाख
अस्पताल बचाउन फेरि महायज्ञ
राधाकृष्ण मन्दिरमा महायज्ञ जारी
राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१