अस्पताल बचाउन फेरि महायज्ञ

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७६

भीमपाणि बराल-लेखनाथ । पोखरा ३०, मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गीण विकासका लागि आगामी बैशाखमा महायज्ञ सञ्चालन गरिने भएको छ ।अस्पताल अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा विभिन्न स्थानीय निकाय एवं संघसंस्थाको प्रतिनिधिको सहभागितामा बसेको तयारी बैठकले वैशाख १५ देखि २३ सम्म महायज्ञ मिति तय गरेको हो । यस्तै, महायज्ञ सफल पार्न आगामी शनिवार विस्तारित बैठक बस्ने निर्णय भएको छ ।

कार्यक्रममा अस्पतालका निवर्तमान अध्यक्ष मेजर रामप्रसाद गुरुङले अस्पतालमा भौतिक पूर्वाधारले सम्पन्न भएको र यसलाई निरन्तर सञ्चालन गर्न अक्षयकोषको स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको बताए ।इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्राङ्गत बरालले १० जनाभन्दा बढी भेला, जमघट हुने कार्यक्रम आयोजना गर्न नदिन सरकारको निर्देशन रहेको बताउँदै भेला बैठकभन्दा टेिलफोन सम्पर्क र आन्तरिक तयारीमा लाग्न सुझाव दिए ।

पोखरा ३० का वडा सदस्य सोमलाल कँडेलले विषय उपयुक्त भएको बताउँदै जनसहभागिता, दाताको खोजी लगायतका विषयमा वडाको तर्फबाट प्रतिबद्ध भएर लाग्ने बताए ।लेखनाथ लायन्स क्लब अध्यक्ष बुद्धिप्रसाद बास्तोलाले समय र परिस्थिति मध्यनजर गर्दै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नतर्फ लाग्नुपर्ने बताए । यस्तै, नारायणप्रसाद पोखरेल स्मृति प्रतिष्ठानका सचिव मुक्तिराम अधिकारीले राज्यले गर्न नसकेका ठूला काम पं. शिरोमणि नारायणप्रसाद पोखरेलले गरेको स्मरण गर्दै त्यसमध्येको एक सामुदायिक अस्पताल पनि भएको बताए ।

कार्यक्रममा लेखनाथ पत्रकार मञ्च अध्यक्ष भीमपाणि बराल, अधिवक्ता खगेन्द्रराज आचार्य, वेगनासताल धार्मिक तथा पर्यटन विकास समिति अध्यक्ष धु्रवनाथ अधिकारी, अस्पतालका पूर्व अध्यक्ष महेश्वर पाण्डे, नेपाली काँग्रेसका नेता राजेन्द्रमणि लामिछाने, वडा ३० का वडा सदस्य शारदा बास्तोला लगायतले आफ्नो धारणा राखेका थिए ।यसअघि २०६० फागुनमा भएको महायज्ञमा दाताले मुठ्ठीदानदेखि सर्वस्वदान गरेका थिए । महायज्ञबाट करिब २ करोड दान रकम संकलन भएको थियो । स्व. पोखरेलको २०६१ सालमा रुपन्देहीमा गोली हानी हत्या भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथमा महायज्ञ समिति

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ। वि.स. २०६० सालमा महायज्ञ गरेर निर्माण शुरु गरिएको पोखरा ३० को लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने…
  • राधाकृष्णको महायज्ञबाट ४० लाख

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ । पोखरा–३२, श्यामघाट लामेआहाल स्थित राधाकृष्ण मन्दिरको ज्ञान महायज्ञमा ४० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । मन्दिरको…
  • राधाकृष्ण मन्दिरमा महायज्ञ जारी

    आदर्श समाज सम्वाददाता फागुन २२, २०७६
    कविराज खानल-लेखनाथ ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले…
  • राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७६
    लेखनाथ। पोखरा–३२, श्यामघाट लामेआहालमा रहेको राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ…
  • राधाकृष्णमा महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता फागुन १४, २०७६
    पोखरा ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको संरक्षण र सम्वद्र्धन तथा सर्वाङ्गीण विकास गर्न श्रीमद्भागवत् महापुराण तथा धनधान्याचल…

hero news full width