कविराज खानल-लेखनाथ ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले आयोजित श्रीमद्भागवत् ज्ञानमहायज्ञको चौथो दिनसम्म नगद र जिन्सी गरी करिब १८ लाख रुपैयाँ बराबरको दान संकलन भएको छ ।जग्गा संयोजनकर्ता पोखरा ३०, खुँदीका भक्तिमति आमा श्री भक्ति अधिकारीद्वारा बुधवार ५ लाख १ हजार १ सय ११ रुपैयाँ दान गरिएको छ । यसअघि पनि उनले गुरुकुल विद्या आश्रमको भवन निर्माणका लागि करिब १३ लाख रुपैयाँ दान गरकी थिइन् ।
महायज्ञमा मंगलवार शुक्लागण्डकी ९, घारीपाटनका शालिग्राम सिग्देलले १ लाख १ हजार १ सय ११ तथा पोखरा– ७, नुवारथोक बस्ने चन्द्रकला बरालद्वारा ५१ हजार ५५ रुपैयाँ दान दिएका थिए ।
यस्तै, पोखरा ३२, राधाकृष्ण मन्दिर निवासी जमुना लम्सालले ५१ हजार ५ रुपैयाँ, खुँदीका विष्णुमाया पण्डितले तुलादान गरिन् । जसमा आएको ३५ हजार रुपैयाँ मन्दिरको सर्वाङ्गीण विकासका लागि भन्दै उनले दान गरिन् ।
भक्तजनको कल्याण, धार्मिक पर्यटन, योग तथा साँस्कृतिक चेतना प्रवद्र्धन एवं मन्दिरको पुनःनिर्माण र धार्मिक सामाजिक कल्याणका लागि बहुउद्देश्यीय भवन निर्माणको संकल्प सहित आयोजित महायज्ञमा बुधवार मात्र ७ लाख रकम संकलन भएको हो ।मन्दिरका संस्थापक गोलो वासी आचार्य श्री भगवत्शरण देवाचार्य, श्री हरिदास देवाचार्य, पूर्व महन्त लक्ष्मीशरण देव र जग्गा संयोजनकर्ता हरि प्रियादासी अधिकारी तथा सम्पूर्ण पितृहरुको स्मृतिमा फागुन १६ देखि २४ सम्म ज्ञानमहायज्ञ चल्नेछ ।
पण्डित राधाशरण वाग्ले प्रमुख वाचक रहेको महायज्ञमा दैनिक श्रीमद्भागवत वेद, चण्डी, रुद्री गीता पाठपारायण र हवन हुँदै आएको अध्यक्ष गणेशबहादुर खत्रीले बताए ।महायज्ञबाट १ करोड रुपैयाँ संकलन हुने लक्ष्य रहेको छ । महायज्ञभर कथाश्रवण तथा दैनिक आरतीमा सहभागी भैदिन संस्थाका महासचिव घनश्याम खनालले सम्पूर्ण भक्तजनमा आग्रह गरेका छन् ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा महायज्ञ समिति
राधाकृष्णको महायज्ञबाट ४० लाख
अस्पताल बचाउन फेरि महायज्ञ
राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत
राधाकृष्णमा महायज्ञ तयारी
hero news full width
मुख्य समाचार
नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा
विदेश छोडेर कागती खेती
कार्तिक ७, २०८१नेपाल समाजवादी पार्टीको महाधिवेशन आगामी माघमा काठमाडौंमा हुने
कार्तिक ६, २०८१पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)
कार्तिक ६, २०८१पोखराको सहिदचोकमा पेट्रोल पम्प निर्माणमा अन्तरिम आदेश
कार्तिक ६, २०८१रवि हिरासतमा, समर्थक सडकमा
कार्तिक ६, २०८१