लेखनाथमा महायज्ञ समिति

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७६
comminate hospital

लेखनाथ। वि.स. २०६० सालमा महायज्ञ गरेर निर्माण शुरु गरिएको पोखरा ३० को लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने उद्देस्यले गर्न लागिएको महायज्ञका लागि प्रारम्भीक समिति गठन गरी तयारी अघि वढाइएको छ ।

ब्यवस्थित अस्पताल संचालन तथा अक्षयकोष स्थापनाको सहयोगार्थ बैशाख १५–२३ गते सम्म संचालन हुने श्रीमद् भागवत् महाअनुष्ठानको मूल संयोजन अस्पतालले नै गर्ने गरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमानाथ पौडेलको संयोजकत्वमा १ सय ५ सदस्यीय मुल आयोजक प्रारम्भीक समिति गठन गरिएको हो ।महायज्ञ सहयोग समितिको सह संयोजकमा अस्पताका निवर्तमान अध्यक्ष मेजर रामप्रसाद गुरुङ,लायन्स क्लब लेखनाथका अध्यक्ष बुद्धिप्रसाद वाँस्तोला, वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेल,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल र लायन्स क्लब ३२५ वी १ नेपालको तर्फबाट शैलेन्द्रमोहन भटराईलाई राखिएको छ भने उक्त समितिलाई आवस्यकता अनुसार थपघट गर्न सकिने बताइएको छ ।

यसैगरी प्रारम्भीक समितिको उप संयोजकमा दुर्गादत्त अधिकारी, ईन्द्रबहादुर थापा, बुद्धिमाया गुरुङ र राजेन्द्र ओझा रहेका छने भने महायज्ञको महासचिवमा कृष्णप्रसाद तिवारी, सचिवमा लीलामणि त्रिपाठी, कृष्णप्रसाद ढुगाना र भरत प्रसाद तिवारीलाई चयन गरिएको छ ।महायज्ञ संचालनको पूर्व तयारीका लागि शनिवार राखिएको विस्तारित बैठकले स्वर्गीय नारायण प्रसाद पोखरेलको अग्रसरतामा १६ वर्ष पहिला लगाइएको महायज्ञको समीक्षा गर्दै स्वर्गीय पोखरेलको स्मृति दिवसको अवसर पारेर उनकै छोरा दिनबन्धु पोखरेल प्रमुख बाचक रहेने गरी महायज्ञ गर्ने निर्णय गरेको हो ।

स्व. पोखरेलको २०६१ साल वैशाख २३ गते हत्या भएको दिनलाई स्मरण गर्दै सोही दिन स्मृति दिवस सहित महायज्ञ समापन गर्नेगरी कार्यतालिका बनाएर तयारीलाई अगाडि वढाउने भएको छ । स्वर्गीय पोखरेलको अग्रसरतामा महायज्ञ गरी मुठीदान देखि सर्वस्वदान समेत गरेर करिव दुई करोड संकलन गरी अस्पतालको भौतिक संरचना देखि अन्य पुर्वाधार निर्माण गरिसकिएको तर दीर्घकालीन रुपमा अस्पताल संचालनमा आर्थिकका कारण असहज स्थिति आएकाले पुन महायज्ञ गर्न लागिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष रमानाथ पौडेलले जानकारी दिएका छन् ।

कार्यक्रममा वाचन प्रवीण शिरोमणि दीनवन्धु पोखरेलले स्वर्गीय बुवाको संमरण गर्दै वुवाले थालनी गरेको पुण्य काममा आफनो तर्फबाट सक्दो सहयोगगरी पैसा कै अभावमा उपचार नपाएर कोही पनि नेपालीले ज्यान गुमान नपरोस् भन्ने हेतुले अस्पतालमा विशेषज्ञ सेवासहित ब्यवस्थित अस्पातल संचालनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राधाकृष्णको महायज्ञबाट ४० लाख

    आदर्श समाज सम्वाददाता फागुन २५, २०७६
    लेखनाथ । पोखरा–३२, श्यामघाट लामेआहाल स्थित राधाकृष्ण मन्दिरको ज्ञान महायज्ञमा ४० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । मन्दिरको…
  • अस्पताल बचाउन फेरि महायज्ञ

    आदर्श समाज सम्वाददाता फागुन २३, २०७६
    भीमपाणि बराल-लेखनाथ । पोखरा ३०, मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालको सर्वाङ्गीण विकासका लागि आगामी बैशाखमा महायज्ञ सञ्चालन गरिने भएको छ…
  • राधाकृष्ण मन्दिरमा महायज्ञ जारी

    आदर्श समाज सम्वाददाता फागुन २२, २०७६
    कविराज खानल-लेखनाथ ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले…
  • राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७६
    लेखनाथ। पोखरा–३२, श्यामघाट लामेआहालमा रहेको राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ…
  • राधाकृष्णमा महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता फागुन १४, २०७६
    पोखरा ।पोखरा महानगरपालिका वडा ३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण मन्दिरको संरक्षण र सम्वद्र्धन तथा सर्वाङ्गीण विकास गर्न श्रीमद्भागवत् महापुराण तथा धनधान्याचल…

hero news full width