लेखनाथ । पोखरा–३२, श्यामघाट लामेआहाल स्थित राधाकृष्ण मन्दिरको ज्ञान महायज्ञमा ४० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले आयोजित श्रीमद्भागवत ज्ञाानमहायज्ञमा उक्त रकम संकलन भएको हो । मन्दिरका संस्थापक आचार्य भगवत्शरण देवाचार्य, हरिदास देवाचार्य, पूर्व महन्त लक्ष्मीशरण देव र जग्गा संयोजनकर्ता, हरि प्रियादासी अधिकारी तथा सम्पूर्ण पितृहरुको स्मृतिमा फागुन १६–२४ सम्म महायज्ञ चलेको थियो ।
समापन कार्यक्रममा बोल्दै पोखरा–३२, का वडाध्यक्ष अक्कलबहादुर कार्कीले मन्दिरलाई पर्यटकीय क्षेत्रसँग जोड्नुपर्ने तर्क गरे । उनले विस्तृत परियोजना प्रतिवेदन निर्माण भइसकेकाले अव ढिला नगरी मन्दिरको स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । मूल आयोजक समितिका अध्यक्ष गणेश केसीले भगवानको अर्शिवादले संकटको अवस्थाका वावजुद पनि सबैको साथ सहयोगबाट ज्ञानमहायज्ञ सफल भएको औँल्याए। उनले यज्ञमा व्यक्त लक्ष्य हासिल गरेको आगामी दिनमा पनि यस क्षेत्रका भक्तजनवाट उल्लेख्य सहयोग पाइरहने बताए ।
कार्यक्रमा संस्थाका पिठाधीश एवं साहित्यकार मुकुन्दशरण उपाध्याय, महायज्ञका महासचिव घनश्याम खनाल, राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगल, पं्रमुख वाचक पण्डित राधाशरण काफ्ले, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष क्षत्रधर आत्रेय लगायतले आफ्ना भनाई राखेका थिए । उज्जल आमा समुहकी अध्यक्ष रजनी लामिछानेले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा राधाकृष्ण भजन कृतन समुहका सचिव सन्जयराज वाग्लेले कार्यक्रको संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा महायज्ञ समिति
अस्पताल बचाउन फेरि महायज्ञ
राधाकृष्ण मन्दिरमा महायज्ञ जारी
राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत
राधाकृष्णमा महायज्ञ तयारी
hero news full width
मुख्य समाचार
रविलाई फेरि अदालत उपस्थित गराइँदै
को होला मिस पोखरा ?
कार्तिक ७, २०८१जेठोबुढो जोगाउँदै पोखरा महानगर
कार्तिक ७, २०८१नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा
कार्तिक ७, २०८१विदेश छोडेर कागती खेती
कार्तिक ७, २०८१नेपाल समाजवादी पार्टीको महाधिवेशन आगामी माघमा काठमाडौंमा हुने
कार्तिक ६, २०८१