ज्ञानकुञ्ज विद्याश्रममा मिनी म्याराथन

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७६
mini marathon

पोखरा ।पोखरा महानगर वडा ३१, मोहरियाको ज्ञानकुञ्ज विद्याश्रममा विद्यालयस्तरीय मिनी म्याराथन शुक्रबार सम्पन्न भएको छ । ‘शिक्षा तथा स्वास्थ्यका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरिएको मिनी म्याराथनमा ५ सय जना विद्यार्थी सहभागी थिए। प्रतियोगिता एलकेजीदेखि १० सम्मका विद्यार्थीबीच कक्षास्तरीय भएको हो ।

प्रतियोगितामा मावितर्फ सुशील गुरुङ प्रथम बने । राज थापा दोश्रो, आशीष रानाभाट तेस्रो र असिम सापकोटा सान्त्वना भएको प्रतियोगिता संयोजक डीवी क्षत्रीले जानकारी दिए ।मावि छात्रातर्फ रोशनी लामिछाने पहिलो भइन् । कञ्चन रानाभाट दोश्रो, सुजना कडेल तेश्रो र अस्मिता पुनवाल सान्त्वना भए ।कक्षा ६ र ७ मध्ये छात्रतर्फ सन्दीप रानाभाट पहिलो, सौगात तथा कल्याण दोश्रो, सन्दीप कुइँकेल तेस्रो र मदन सापकोटा सान्त्वना भए ।

छात्रातर्फ मञ्जु जिसीले निर्धारित दुरी पूरा गर्दै प्रथम भइन् । वीपना कँडेल दोश्रो, समीक्षा बराल तेश्रो र सरिना गुरुङले सान्त्वना भए ।कक्षा ५ बाट छात्रतर्फ राम बुढाथोकीले निर्धारित दुरी पूरा गर्दै प्रथम बने । मनोज बिक दोश्रो, विशाल ढकाल तेस्रो र आयुश खतिवडाले सान्त्वना भए । छात्रामा आयुशा रानाभाट प्रथम, ऋतिका दुरा दोश्रो, स्वीकृति तिवारी तेश्रो र प्रीति नेपालीले सान्त्वना भए ।त्यस्तै कक्षा ३ र ४ मध्ये छात्रतर्फ सन्देश सुनार प्रथम, आदित्य रानाभाट दोश्रो, अरुण बिक तेस्रो र प्रतीक सुवेदी सान्त्वना भए । छात्रामा रोशनी कँडेल प्रथम, अस्मिता थापा दोश्रो, अमृता तामाङ तेस्रो र सदीच्छा कँडेलले सान्त्वना भइन् ।

त्यस्तै कक्षा १ र २ मा छात्रतर्फ विपिन प्रथम, शैलेन्द्र रानाभाट दोश्रो, अनिश तेस्रो र विवश सान्त्वना तथा छात्रामा सन्ध्या जिसी पहिलो, आयुशा अधिकारी दोश्रो, स्वस्तीका तेश्रो र पूजा भुजेल सान्त्वना बने ।एलकेजी र युकेजीमा छात्रतर्फ दीपु बिक प्रथम, सिजन दोश्रो, समीप कँडेल तेस्रो तथा सनिस र विशालले सान्त्वना स्थान प्राप्त गरे। छात्रामा देविना प्रथम, संस्कृति दोश्रो, वीनम र सारिका तेश्रो तथा दीपशिखा सान्त्वना भए ।विद्यालय अध्यक्ष विदुर त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कृष्णप्रसाद ढुङ्गानाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रिय माविको छात्र/छात्रा सडक दौडमा ४४ विद्यालय सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हीरक महोत्सव अवसरमा राष्ट्रिय माविले शनिबार जिल्लास्तरीय ५ किमी छात्र/छात्रा सडक दौड प्रतियोगिता आयोजना गर्दैछ । शनिबार बिहान…
  • महेन्द्रपुल यु–२३ बास्केटबल सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लब आयोजनामा पहिलो पटक यु–२३ खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा…
  • अर्जुन र सुस्मिता बने वर्ष खेलाडी

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ सुस्मिता थापामगर र पुरुषतर्फ अर्जुन कुमालले हात पारेका छन् ।…
  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष) विधाको मनोनयनमा क्रिकेटका अर्जुन…

hero news full width