हिमाअस हस्पिटालिटी नेपाल कन्टेस्टमा साथ

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७६
88114367_1302781613242260_810299795762577408_n

पोखरा ।चौथो संस्करणको ‘हिमाअस हस्पिटालिटी नेपाल कन्टेस्ट’ मा भ्रमण साझेदारको रुपमा मेटरिक्स एरिना क्लबले सहकार्य गर्ने भएको छ । एपी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डे र मेटरिक्स एरिना क्लब सञ्चालक अमन बिक्रम थापाबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

‘भ्रमण साझेदारीरुपमा एरिना क्लबसँग सहमति भएको हो,’ निर्देशक पाण्डेले भने, ‘हस्पिटालिटी नेपाल कन्टेस्टको विजेतालाई क्लबकै सहकार्यमा थाइल्याड भ्रमण गर्न लगिने छ ।’एक वर्षदेखि पोखरा लेकसाइडमा सञ्चालनमा आएको सो क्लबबाट ५० जनाले रोजगारी पाएका छन् । चोथो संस्करणले ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’ मा १८ जना प्रतिस्पर्धी सहभागी हुने छन् ।प्रथमले थाइल्याण्ड भ्रमण प्याकेज प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले भ्रमण भर्ष २०२० लक्षित आन्तरिक भ्रमण प्योकजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् ।

‘कन्टेस्ट’ मा सहभागी हुने प्रतिष्पर्धाका लागि वारिष्टा ट्रनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरसीप तथा सेल्फ मार्केटिङ स्कील, कम्युनिकेशन स्कील डेभलपमेन्ट, मोटिभेसन स्किल लगायत तालिम दिइने आयोजकले जानकारी दिए ।नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षरुपमा मनाइरहेको सन्दर्भमा भ्रमण वर्षलाई टेवा पुग्ने गरी चौथो संस्करणलाई ‘स्पेशल इडिसन भिजिट नेपाल २०२०’ को रुपमा आयोजना गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • नेपालमा आइडलमा सलोमी गुरुङ जिताउन अभियान

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । गायन रियालिटी सो नेपाल आइडल सिजन फाइभकोे उत्कृष्ट ८ मा परेकी पोखराकी गायिका गायिका सलोमी गुरुङलाई विजेता बनाउन…
  • २८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । कमेडी नेपाली फिल्म ‘खजुरे ब्रो’ यही २८ वैशाखदेखि प्रदर्शनमा आउँदैछ । सुरज सुनुवार निर्देशित यो फिल्मको प्रचारका लागि…
  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …

hero news full width