मुक्तिनाथको सहयोग विद्यालयलाई

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७६
Picture1

पोखरा, १६ फागुन । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत भक्तपुर स्थित ठिमीको प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री प्रदान गरेको छ ।

उक्त सामाग्रीहरु प्राणोदय आधारभूत विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई मुक्तिनाथ विकास बैक ठिमी शाखाका प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेका थिए । बैंकले यस सहयोगबाट विद्यार्थीको सिकाई प्रकियामा थप सहयोग पुग्ने अपेक्षा गरेको छ ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ्ग, आस्वा सेवा, डि–म्याट खाता लगायतका सेवाहरु प्रदान गर्दै आएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width