गण्डकी विकास बैंकद्वारा फर्निचर सहयोग

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७६
gandaki bikas bank

पोखरा । गण्डकी विकास बैंक लि.ले पोखरा–३१, बेगनासस्थित आनन्दज्योति माविलाई फर्निचर सामग्री सहयोग गरेको छ । बैंकको संस्थागत उत्तरदायित्वअन्तर्गत वितरित सामानमा १५ जनासम्म बस्न मिल्ने ५ थान सोफा, २ थान अफिस टेवल तथा कार्पेट लगायत छन् ।

बैंक अध्यक्ष सुशील गौचनको टोलीले ती सामग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्रनाथ अधिकारीलाई हस्तान्तरण गरेका हुन् । गौचनले विद्यालयलाई आवश्यक फर्निचर सामाग्री सहयोग गर्न पाउँदा खुसी लागेको तथा बैंकले सामाजिक क्षेत्रमा गरेको योगदानले समाजका विभिन्न तहका समुदाय लाभान्वित भइरहँदा बैंक स्वयंको गरिमा बढेको महसुस भएको जनाए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गण्डकी विकास बैंक नेपालभर सशक्त शाखा सञ्जाल भएको विकास बैंक भएको र बैंकले प्रदान गर्ने सेवा एवं सुविधा विशिष्टकृत रहेको दाबी गरे ।
विद्यालय प्राचार्य शिवराज अधिकारीले विद्यालयको गतिविधिबारे प्रकाश पारेका थिए ।विद्यालय अध्यक्ष रुद्रनाथ अधिकारीले बैंकले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गरे । कार्यक्रम संचालन बैंकका सामान्य प्रशासन विभाग प्रमुख मोहन गिरीले गरेका थिए । कार्यक्रममा बैंक सञ्चालक किशोर ओझाको समेत उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width