कृषकलाई निःशुल्क कृषि तालिम

आदर्श समाज सम्वाददाता
माघ २९, २०७६
sim_1348342886

पाल्पा । तिनाउ गाउँपालिका–३ बेरुवा चौकीभञ्ज्याङ्का किसानका लागि नतिजामा आधारित १ तह सम्बन्धी ३ महिने निःशुल्क कृषि तालिम सञ्चालन गरिएको छ ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, प्राविधिक शिक्षा र अभिवृद्धि परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित तालिममा २० जना किसान सहभागी छन् ।तालिम उद्घाटन गर्दै तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले कृषक प्रोत्साहनको लागि गाउँपालिकाले निःशुल्क कृषि तालिम सञ्चालन गरेको बताए ।

उनले व्यवसायिक खेतीबाट कृषकको आय आर्जनमा सहयोग पुग्ने उल्लेख गरे । तालिमलाई देउराली जनता प्राविधिक शिक्षालयले सहयोग गरेको देउराली प्राविधिक शिक्षालयका कार्यक्रम निर्देशक मनोज थापाले बताए । कार्यक्रममा प्रशिक्षक तुलसी अधिकारी, तिनाउ गाउँपालिका सदस्य पम्फा थापालगायतले बोलेका थिए । वडाध्यक्ष प्रेम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम तालिम संयोजक महेश न्यौपानेले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width