होटल तथा रेष्टुरेन्ट एशोसिएसन लेखनाथमा लम्साल

आदर्श समाज सम्वाददाता
माघ २८, २०७६
hotal assosan (1)

लेखनाथ । होटल तथा रेस्टुरेण्ट एशोसिएसन लेखनाथको अध्यक्षतामा अर्जुन लम्साल निर्वाचित भएका छन् । सोमबार भएको उक्त संस्थाको बाहौं साधारण सभा एवं पाँचौं अधिवेशनले लम्सालको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो।

एशोसिएसन उपाध्यक्षमा वीरभद्र कँडेल, महासचिवमा विनोदमणि लामिछाने, सहसचिवमा रोशन खनाल र कोषाध्यक्षमा निलकुमारी थापामगर निर्वाचित भएका छन् ।समितिको सदस्यमा पदमराज लामिछाने, तुलसी थाप क्षेत्री गंगा’, सुरेश लामिछाने, हरिबहादुर थापा, सञ्जिव जलारी, राजन परियार र अमन्त्रित सदस्यमा गेजन्द्र रानाभाट, सविन तिवारी र कमल लामिछाने निर्वाचित भएका निर्वाचन मण्डलका अध्यक्ष एवं होटल तथा रेस्टुरेन्ट एशोसिएसन लेखनाथका सल्लाहकार दूर्गा अधिकारीले जानकारी दिए ।

कार्यक्रम उद्घाटन गर्दै पर्यटन बोड पोखराका प्रमुख काशीनाथ भण्डारीले विकासको मुख्य आधार पर्यटन भएकाले यस क्षेत्रका पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटकको बसाइँदर लम्बाउनेतर्फ ब्यवसायीहरु अग्रसर हुनु पर्ने सुझाव दिएका थिए ।लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले बेगनासलाई नयाँ पोखराको रुपमा विकास गराउन ब्यवसायीद्वारा प्रदान गरिने सेवा उदाहरणीय बनाउनु पर्नेमा जोड दिएका थिए ।होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष दामोदरभक्त थापाले संस्थाको प्रगति विवरण र भावी योजनाबारे प्रकाश पारेका थिए । कार्यक्रम संचालन महासचिव वीरभद्र कँडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width