जनहितमा निशुल्क तालिमको उद्घाटन

आदर्श समाज सम्वाददाता
माघ २७, २०७६
20200210_154827

जनहित ट्रेनिङ एण्ड ट्रेडिङ प्रालि नयाँ बजार पोखराद्वारा संचालित निशुल्क तालिमको उद्घाटन मन्तब्य।

रुपनारायण ढकाल : पोखरा, २७ माघ । जनहित ट्रेनिङ एण्ड ट्रेडिङ प्रालि नयाँ बजार पोखराद्वारा संचालित निशुल्क तालिमहरुको सोमबार पोखरामा औपचारिक उद्घाटन गरिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले तालिमको उद्घाटन गरेका थिए । विश्व बैंकको सहयोगमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोश्रो (इभेन्ट २) को सहयोगमा संचालन हुने तीन सय ९० घण्टा अवधिका सिकाईमा सिलाईकटाई, सौन्दर्य कला, हाउस किपिङ र विल्डिङ वायरिङ सम्बन्धी तालिमहरु समेटिएका छन् । तालिममा कूल एक सय ६० जना सहभागी छन् ।

सहभागीलाई सिलाईको तह दुई तर्फ विरवहादुर परियार, सिलाई तह एक तर्फ करुणा रुचाल र जुनु गुरुङ तथा रुपा छन्त्याल र सावित्री पौडेलले तालिम दिने छन् । यसैगरी सौन्दर्य कला तर्फ दिया तामाङ र अञ्जु जलारी तथा सुकदेवी गुरुङ र लक्ष्मी थापाले तालिम प्रदान गर्ने जनहितका फिल्ड कोअर्डिनेटर घनश्याम रानाभाटले जानकारी दिए ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष लामिछानेले तालिम मार्फत् रोजगारी सिर्जना गर्ने जनहित ट्रेनिङ एण्ड ट्रेडिङ प्रालिको प्रयासलाई सराहना गरे । तालिम लिएर यसका माध्यमबाट रोजगारीमा लाग्न समेत उनले सहभागिसँग आग्रह गरे । विश्व भरि नै मेशिनले बनाएका बस्तुभन्दा हातले बनाएका हस्तकलाका बस्तुको मूल्य र महत्व बढी हुने भन्दै उनले सहभागीलाई सफलताको शुभकामना व्यक्त गरे ।

सो अवसरमा जनहित ट्रेनिङ एण्ड ट्रेडिङ प्रालिका अध्यक्ष नन्दलाल अधिकारीले सहभागीहरुमा सिक्ने इच्छाशक्ति हुनुपर्ने भनाई राखे । सिक्ने इच्छाशक्ति मात्र नभई अझ व्यवहारमा नै केही गरेर देखाउने आँट प्रशिक्षार्थीमा हुनेपर्ने सुझाव उनले राखे । संस्थाले तालिम दिए पछि पनि प्रशिक्षार्थीको प्रगति विवरणको तथ्यांक राख्ने काम गर्ने भन्दै उनले सहभागीले कम्तिमा माशिक १० हजार रुपैयाँ कमाउने क्षमता आफूमा विकास गर्नुपर्ने बताए ।

सो अवसरमा बोल्दै टोल विकास संस्था वडा समन्वय समिति वडा नम्बर ९ का अध्यक्ष एवं समाजसेवी उत्तम जोशीले नेपालमा महिलाहरुका लागि सरकारले ३३ प्रतिशतको आरक्षण प्रदान गरेको स्मरण गराउँदै जनहितले दिने तालिमले अवसरको ढोका खोल्ने भनाई राखे ।

जनहित ट्रेनिङ एण्ड ट्रेडिङ प्रालिका अध्यक्ष दिलकाजी गुरुङको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर नौका वडा सदस्य गिता चर्मकार, जनहितका कर्मचारी प्रमिला खत्री र प्रशिक्षार्थी कमला गुरुङले पनि भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width