हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०८१
blood donation
पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम गरेको हो । उक्त अवसरमा ४६ युनिट रगत संकलन भएको छ ।
सहकारीका सल्लाहकार बोधराज पौडेलले पहिलो रक्तदाता तथा सेयर सदस्य पवित्रमणि भण्डारीलाई ल्लड व्याग हस्तारन्तरण गरी कार्यक्रमको सुभारभ्भ गरिएको थियो । संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश क्षत्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको बताए ।
सचिव नरेश तिमिल्सिनाले रक्तदान जत्तिको महत्वपूर्ण र पवित्र कार्य अन्य नहुने भन्दै रगतको महत्व र आवश्यकता सबैलाई बुझाउनुपर्नेमा जोड दिए ।
उपाध्यक्ष क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष पीताम्बर (विनय) पराजुलीले गरे । कार्यक्रममा सल्लाहकार महेन्द्रराज अधिकारी, उमनाथ बराल, रमेश पौडेल, प्रमुख व्यवस्थापक शिव शर्मा वाग्ले, लेखा संयोजक राजुराज पौडेल, ऋण संयोजक गणेश पहारी, ऋण समितिका सदस्य क्या कृष्णबहादुर गुरुङ र शिक्षा उपसमिति संयोजक कमला सुवेदी लगायतले संस्थाले गरेको कार्यको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यलाई संस्थाले आगमी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width