पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०८१
madhav bastola madhu

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले बिपी स्मृति भवन निर्माण समिति बुधबार गठन भएको छ ।

बिपी स्मृति भवन, गण्डकी प्रदेश पोखरा १९ लमाचौर कास्की निर्माणको लागि नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)को संयोजकत्वमा निर्माण समिति गठन भएको हो ।

जसको उपसंयोजकत्वमा रामकृष्ण मल्ल (पर्वत), सचिवमा सुरेन्द्रमान विजुक्छे (पोखरा) र सहसचिवमा खिमलाल बस्तोला रहेका छन् ।

त्यसैगरी सदस्यहरु योगेश गौचन थकाली (मुस्ताङ), भेषबहादुर पौडेल (लमजुङ), प्रकाश बराल (कास्की), अशोक श्रेष्ठ (तनहुँ), सरस्वती गुरुङ (कास्की), भागवत प्रकाश मल्ल (स्याङ्जा), पुष्पेन्द्र पाण्डे (वडा अध्यक्ष, पोखरा १९), अमृत प्र.तिमिल्सीना (वडाअध्यक्ष, पोखरा १६), मोति प्रसाद तिमिल्सीना (वडा अध्यक्ष, पोखरा २५), मिलन के.सी. पोखरा १९, विष्णुप्रसाद बास्तोला (प्रकाश), हरिदत्त पौडेल (तनहुँ), देवकुमार श्रेष्ठ (तनहुँ), अर्जुन शेरचन (बागलुङ), अमृत भट्टचन (नवलपुर), सूर्य गुरुङ (नवलपुर), राम जोशी (गोरखा), प्रकाश तिवारी (स्याङ्जा), हरिकुमार श्रेष्ठ (म्याग्दी), केवी भण्डारी (म्याग्दी), विश्वप्रकाश प्रसाई (पर्वत), बामे गुरुङ (मनाङ), कर्म बहादुर गुरुङ (मनाङ्ग), कृष्ण कोइराला (कास्की), गणेश वहादुर भट्टराई (कास्की), किरण के.सी. (कास्की), लिलकाजी गुरुङ्ग (कास्की), भीमबहादुर गुरुङ (पर्वत), शकुन्तला शर्मा (बागलुङ), मिलन थापा (कास्की) र छत्रधर आत्रेय (कास्की) रहेका छन् ।

सल्लाहकारहरुमा सुरेन्द्रराज पाण्डे (संसदीय दलका नेता, नेपाली कांग्रेस गण्डकी प्रदेश), बाबुराम आचार्य (कास्की), मदन बहादुर के.सी. (कास्की), चन्द्रकृष्ण कर्माचार्य (कास्की), ओम बहादुर थापा (नवलपुर), नवराज बजगाई (गोरखा) चयन गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बताए ।

उक्त समितिको प्राविधिक समितिको संयोजकमा इन्जिनियर सुरेन्द्र पाण्डे र सदस्यहरुमा इन्जिनियर. सुरेन्द्र पौडेल, इन्जिनियर. शिवहरी आचार्य, इन्जिनियर. विजेन्द्र के.सी. र इन्जिनियर शिरस बाँस्तोला रहेको शर्माले जानकारी गराए ।

सभापति शर्माले पोखरा १९ लामाचौरमा रहेको आफ्नै जमिनमा रहेको बिपी स्मृति भवन, गण्डकी प्रदेश निर्माण कार्य अब छिट्टै नै सुरु गरिने जानकारी गराए।

पार्टी कार्यालयलाई करिब ३ रोपनी भन्दा बढी जमिन सहयोगीहरुबाट प्राप्त गरेको उक्त जमिनमा भवन बनाउने भनि निर्णय गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शर्माले जानकारी गराए ।

पोखरा महानगरपालिका वडा नं. १९ मा रहेको नेपाली कांग्रेस वडा कार्यालयको भवन सहित करिब ३ रोपनी जमीनमा वडा कार्यालय पनि त्यही रहने गरी प्रदेश भवन बनाउने सभापति शर्माले जानकारी गराएका थिए । यसको प्राविधिक इस्टिमेट अनुसार करिब ५ करोडको लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width