वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
balaram

पोखरा । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गर्दा गण्डकी प्रदेशका २ जना सचिव फेरिएका छन् । बजेटको चटारोका बीच गण्डकीका आर्थिक मामिला सचिव बलराज रिज्यालको सरुवा भएको छ । उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जाने भएका भएका छन् ।

गण्डकीको अर्थसचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका पुरुषोत्तम शर्मा आउने भएका छन् ।

यसैगरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव तीर्थराज भट्टराईको पनि सरुवा भएको छ । उनको गृह मन्त्रालयमा सरुवा भएको छ । यसअघि पनि गृह र मातहत लामो समय काम गरेको अनुभव उनीसँग छ ।

तीर्थराज भट्टराई

उनको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट विनोद लामिछाने आउने भएका छन् । प्रदेशका दुवै सचिवको एक वर्ष पनि नपुगी सरुवा भएको हो ।

२ साता अघि प्रदेशका कानुन सचिव शम्भुराज रेग्मीको सरुवा भएको थियो । उनको ठाउँमा धर्मराज कुइँकेल आइसकेका छन् । गण्डकीमा कुइँकेलको आगमन यो तेस्रोपटक हो ।

सरुवा अनुसार सार मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ । रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ । उद्योगमा रहेका रामचन्द्र तिवारी गृहमा आएका छन् ।

हालै बढुवा भएका कास्कीका केदार बरालले कर्णालीको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा सचिवको जिम्मेवारी वन सचिवको जिम्मेवारी पाएका छन् । उनी वन समूहका हुन् ।

गृहमन्त्रालयमा रहेका महादेव पन्थले लुम्बिनी प्रदेशको निमित्त प्रमुख सचिवको जिम्मा पाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width