मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०८१
chief attormey update

पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।
कांग्रेसका सुरेन्द्रराज पाण्डेले चैत राजीनामा दिएर चैत २५ मा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि तत्कालीन मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले राजीनामा दिएका थिए ।

चैत २७ गते सरकारको सिफारिसमा नियुक्त भएका कृष्णप्रसाद अधिकारीले चैत २९ मा सपथ खाएको भए पनि कार्यालयको बेवसाइटमा बुधबार साँझसम्म पनि मुख्य न्यायाधिवक्तामा शर्माको नाम, फोटो र विवरण नै कायम थियो ।

सञ्चारमाध्यमा समाचार आएपछि भने बिहीबार बिहानदेखि उक्त विवरण सच्याएर अधिकारीको फोटो, नाम र विवरण राखिएको छ ।

हिजोसम्म यस्तो थियो

Related News

सम्बन्धित समाचार

hero news full width