नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी  जुम्लाका सुरज सेजुवाललाई 

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०८१
nsu sejuwal

पोखरा । नेपाल विद्यार्थी संघको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सुरज सेजुवाले पाएका छन् । जुम्ला घर भई हाल नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा रचनात्मक रुपले लागिरहेका उनी अधिवक्ता हुन्  । केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

सेजुवाल २०६१ सालमा नेविसंघको साधारण सदस्य भई सक्रिय राजनीतिमा लाग्दै आएका हुन।

२०६५ सालमा नेविसंघ स्ववियु निर्वाचन व्यवस्थापन एवं सुरक्षा समिति, जुम्ला बहुमुखी क्याम्पसको संयोजकको रुपमा काम गरेको, २०७० सालमा नेविसंघ नेपाल ल क्याम्पस ईकाई समितिको सचिव पदको उम्मेदवार भएको, २०७२ सालमा नेविसंघ कानुन समन्वय समितिको उपाध्यक्षको रुपमा काम गरेको, २०७२ सालमा नेविसंघ दुर शिक्षा तथा खुला विश्वविद्यालय समन्वय समिति संयोजक भएको, नेविसंघ ११औँ महाधिवेशन २०७२, मा महाधिवेशन प्रतिनिधि भएका थिए उनी ।

नेपाल ल क्याम्पसमा २०७३ सालमा स्ववियु सभापतिको रुपमा प्रत्यासी, नेपाल ल क्याम्पसको नेविसंघ ईकाई सभापतिको रुपमा २०७५ साल देखि २०७९ साल सम्म काम गरेको, आफू कानुन अध्ययनरत हुँदै गर्दा २०७३ सालदेखि हालसम्म गुणस्तरीय कानुनी शिक्षा एवं कानुन विश्वविद्यालय स्थापनार्थ “कानुनी शिक्षा सुधार अभियान” को संयोजक भई उक्त अभियानलाई विभिन्न चरणमा नेतृत्व गरेको, २०८० मा नेविसंघ केन्द्रीय सदस्यको रुपमा मनोनित हुँदै हाल नेविसंघ केन्द्रीय कार्यसमितिमा सक्रिय रुपमा राजनीति गरिरहेका अधिवक्ता सुरज सेजुवाललाई केन्द्रीय कार्यसमितिले प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो।

विभिन्न शैक्षिक गतिविधि लगाएतका अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने अधिवक्ता सेजुवालले त्रिवि कानुन संकायबाट व्यावसायिक र अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width