विन्ध्येश्वरीमा राष्ट्रिय सम्पदाको प्रशिक्षण

आदर्श समाज सम्वाददाता
जेठ ३, २०८१
lato koshero

पोखरा । अन्तर्राष्ट्रिय जैविक विविधता दिवस पोखराका संरक्षणकर्मीले मनाएका छन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको आयोजनामा बिहीबार गिद्ध र लाटोकोसेरोबारे विद्यार्थीलाई प्रशिक्षण दिइएको हो ।

विन्ध्येश्वरी माध्यमिक विद्यालय पोखरा १९ का विद्यार्थीलाई संरक्षणकर्मी कृष्णमणि बरालले प्रशिक्षण दिएका हुन् । बरालले विश्वमा २३ प्रजातिका गिद्ध पाइनेमा नेपालमा ९ प्रजातिका गिद्ध रहेको जनाए । उनले भने, ‘नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये सबै पोखरामा पाइन्छन् । तर विविध कारणले गिद्धको संख्या भने घटिरहेको छ ।’

गिद्ध, लाटोकोसेरो जस्ता पंक्षी मानिसका लागि लाभदायक भएको उनले औंल्याए । उनले गिद्धले मरेका जीवको मात्र मासु खाने उल्लेख गर्दै उनले त्यसले प्राकृतिक कुचिकारको भूमिका निर्वाह गर्न उल्लेख गरे । लाटोकोसेरोलाई अपसकुनको सूचक मानी भगाउने, गुँड भत्काउने चलन अझै नहराएकोतर्फ संकेत गर्दै उनले लाटोकोसेरोले हानिकारक जीवहरु खाएर मानिसलाई अप्रत्यक्ष रुपमा सघाउने जनाए । नेपालमा २३ प्रजातिका लाटोकेसेरा पाइन्छन् ।

विश्वमा पाइने विभिन्न प्रजातिमध्ये १४ प्रजातिका गिद्ध संकटको सूचीमा छन् । नेपालमा पाइने ९ प्रजातिमध्ये ६ स्थानीय हुन् । पशुमा प्रयोग गरिने डाइक्लोफेनेकका कारण गिद्धहरु नासिदै गएपछि २०६३ बाट नेपालभर नै यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

राष्ट्रिय सम्पदाका अध्यक्ष सुनिल पाण्डेले बासस्थानको विनाशले गिद्धहरु हराउँदै गएको जनाए । उनले पछिल्लो समय गिद्ध रेस्टुरेन्ट स्थापना, डाइक्लोफेनेकमा प्रतिबन्ध जस्ता कारणले गिद्धको संख्या बढेको उनको भनाइ छ । ‘गिद्धको गुँड हुने सिमलका बोटहरु काटिएका छन्, खेत मासिँदै घरमात्र बन्दा गिद्धहरु संकटमा पर्दै गएका हुन्,’ उनले भने ।
महाकाली बचाऊ अभियान हुँदै २०४८ मा स्थापना भएको सम्पदाले मानवअधिकारको रक्षा र सम्पदा संरक्षणका लागि विभिन्न कार्य गर्दै आएको छ । जैविक विविधता दिवस जैविक विविधताको महत्व बुझाउन २२ मेमा विश्वभर मनाइन्छ ।

कार्यक्रममा विन्ध्यश्वरी माविका प्रधानाध्यापक श्रीराम आचार्यले यस खालका कार्यक्रमले विद्यार्थीलाई वातावरण र सम्पदाबारे बुझाएर सजग भावी पुस्ता तयार गर्न सघाउने उल्लेख गरे । कार्यक्रममा विन्ध्यश्वरीका एकेडेमिक डिन अर्जुन अधिकारीले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width