४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०८१
Pokhara Airport

पोखरा ।  खराब माैसमका कारण  ४ दिनदेखि बन्द रहको  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल  बिहीबारबाट खुलेको छ ।

बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ४ दिनदेखि  उडान र अवतरण हुन सकेकझ थिएन ।

विगत ४ दिनदेखि रोकिएका उडान बिहीबार बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए ।

‘विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन । आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए,’ सूचना अधिकारी कर्णले भने ।

मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका उनले बताए । पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवाँलोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width