नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–५ भानुदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने १६ वर्षीय बालक रेजन खाम्चालाई गृह कार्य नगरेको भन्दै शिक्षकले कुटपिट गरेका छन् ।
विद्यालयका कम्पुटर शिक्षक शिव केसीले कुटपिट गरेको भन्दै पीडित रेजनकी आमा बसन्ती खाम्चाले माघ २१ गते प्रहरीमा उजुरी दिएका छन् । शिक्षक केसीले रेजनलाई गृहकार्य नगरेको भन्दै कुटपिट गरेको आमा बसन्तीले बताए ।
‘रुघा खोकीले बिरामी भएपछि माघ १३ गते रेजन विद्यालय गएको थिएन । सन्चो भएपछि माघ १४ गते विद्यालय जाँदा सातौं घण्टीमा शिक्षक शिव केसीले अघिल्लो दिनको होमर्वक खै भन्नु भएछ, छोराले कहिले होमर्वक भन्दा सरले पहिले लौरी र पछि हातले कुटपिट गर्नु भएछ ।” आमा बसन्तीले भने – “साँझ छोरा घर आउदा बाँया तर्फको कान सुन्निएको थियो ।”माघ १५ गते बिहान सम्म पनि कान सुन्निन र दुख्न कम नभएपछि उपचारको लागि छोरालाई भरतपुर सामुदायिक अस्पताल चितवन लगेकोमा विशेषज्ञ संग जानुस् भनेपछि माघ १६ गते लम्बिनी अस्पताल एण्ड टेक्नीकल कलेज बुटवल, रुपन्देहीमा उपचारको लागि लगिएको आमा बसन्तीले बताए ।
कुटपिटबाट छोराको कानको जाली चर्केको र कानमा रगत जमेको देखिएको उनले जानकारी दिइन् । घटनाबारे विद्यालय प्रशासनमा जानकारी गराई उपचारको लागि आग्रह गर्दा उल्टै विद्यालय प्रशासनबाट आफुहरुलाई अन्तै कतै उजुरी नगर्न भन्दै धम्की दिएको बसन्तीले बताए । उनले छोरालाई कुटपिट गर्ने शिक्षक शिव के.सी.लाई कानुनी कारवाही गर्न माग गरेका थिए ।उनले आवश्यक सहयोग गर्नको लागि भन्दै इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा समेत मंगलबार दिएका छन् । भानुदय माध्यमिक विद्यालयका प्रधानाध्यापक तेज प्रसाद भुसालले घटना भएको स्वीकार्दै आवश्यक छलफल र पीडित रेजनको उपचारको लागि आफुहरु तयार रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर गणेश बहादुर नराल क्षेत्रीले पीडित पक्षबाट प्रहरीमा निवेदन प्राप्त भएको र हाल घाउँजाचको लागि मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा पठाएको बताए । पीडित पक्षबाट प्राप्त निवेदनको आधारमा घटनाको छनविन भइरहेको भन्दै उनले कानुनी रुपमा अगाडी बढ्ने जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१