पोखरा आदर्शमा रेडक्रस सर्कल पुनर्गठन

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०८१
pokhara adarsha

पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा युवा रेडक्रस सर्कलको पुनर्गठन भएको छ ।

कार्यसमिति अध्यक्षमा कक्षा १० का अविरल आचार्य, उपाध्यक्षमा कक्षा ७ की निश्मा पाइजा, सचिवमा कक्षा ९ का माधव त्रिपाठी, कोषाध्यक्षमा कक्षा १० का छात्र साइरस सुनार, उपसचिवमा कक्षा ८ की छात्रा स्नेहा भुजेल र उपकोषाध्यक्षमा कक्षा ९ की दीया न्यौपाने चयन भए ।

सदस्यमा सिर्जना पुन, सुशान्त अधिकारी, पार्वती नेपाली, अमन नेपाली, निकलस बास्तोला, अपी अधिकारी, सन्ध्या आचार्य, नीकिता बास्तोला, सविज्ञा गिरी, आरिफ विक, विवेक ढकाल र अंशुल कार्की चयन भएका छन् ।

नवगठित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई प्राचार्य फणिन्द्रप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ खुवाए । सर्कलका शिक्षक नायकतर्फ भीमराज अधिकारी र सहशिक्षक नायक जानुका सुवेदी पौडेल रहेको जानकारी सहप्राचार्य ज्ञानेश्वर सुवेदीले दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width