कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०८१
bp news gandaki (1)

पोखरा । बिपी स्मृति भवन निर्माण समिति गण्डकी प्रदेशको प्रथम बैठक सम्पन्न भएको छ ।

पोखरा १९ लामाचौरमा रहेको आफ्नै जमीनमा बनेको सभाहलमा भएको बैठकमा निर्माण समिति, सल्लाहकार समिति, प्राविधिक समिति र नेपाली कांग्रेस गण्डकी प्रदेशका पदाधिकारी लगायत उपस्थिति थियो । उक्त बैठकले यही असोज महिना अगाडि नै काम सम्पन्न गरी प्रदेश कार्यालय सार्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बिपीको तस्विरमा फुल र माला लगाएर बैठकको शुभारम्भ गरेका थिए । करिब ३ रोपनी भन्दा बढी रहेको जमिनमा व्यवस्थित बिपी स्मृति भवन निर्माण गर्नको लागि सबैको सहयोगको आवश्यकता रहेको सभापति शर्माले बताए । उनले डिपिआर तयार गरी निर्माण कार्य सुरुवात गर्न प्राविधिक समितिलाई जिम्मा दिएको जानकारी गराउँदै भवन निर्माणको लागि प्राविधिक स्टिमेटअनुसार करिब ५ करोड लाग्ने अनुमान गरिएको छ, भने ।

सभापति शर्माले उक्त वैठकमा एतिहासिक काम नेपाली कांग्रेस गण्डकी प्रदेशले गर्न लागेको बताउँदै नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण व्यक्तिहरु एकवद्दता भई हातेमालो गर्न आग्रह गरेका थिए । “हामीमाझ अहिले रहेको २ तला बनिसकेको भएपनि अझ थप २ तला थप्नुपर्ने भएको र बाँकी काम असोज अगावै सम्पन्न गरेर दशै भित्रमा प्रदेश कार्यालयको अफिसियल काम सुरु हुनेछ । उक्त काम गर्नको लागि पहिलो चरणमा करिब १ करोड लागत लाग्न सक्ने प्राविधिक अनुमान गरिएको जानकारी प्राप्त भएको छ,” उनले भने ।

त्यसैगरी निर्माण समितिका संयोजक माधवप्रसाद बास्तोला (मधु)ले वैठकको स्वागत मन्तव्य व्यक्त गर्नुका साथै बैठकको बारेमा प्रकाश पारेका थिए । उनले भवन निर्माणको लागि सबैले हातेमालो गरेमा निर्धारित समयमा नै भवनलाई सम्पन्न गर्ने बताउँदै भवनको डाफ्ट नक्सा तयार भइसकेको जानकारी गराए । उत्साहपूर्वक सहभागी भएका दाताहरुले भवन निर्माणको लागि वैठकमा करिब ५ लाख सहयोग गरेको संयोजक बास्तोलाले बताए ।

प्राविधिक समितिका संयोजक ई.सुरेन्द्र पाण्डेले भवनको ग्राउण्डमा कार्यक्रम सभाहल, दोस्रोमा प्रदेश सभापति र कार्यसमिति सदस्यको कोठा र वैठक कोठा रहने र तेस्रोमा प्रदेश पदाधिकारीको कोठा रहने गरी नक्सा तयार गरिएको जानकारी गराएका थिए ।

वैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति एव्म गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारी, प्रदेश सभा सदस्य एवम् भवन निर्माण समिति सदस्य सरस्वती गुरुङ, नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, सहमहामन्त्रीहरु कोपिला रानाभाट र रामचन्द्र जोशी, सदस्य सीता काफ्ले लामिछाने, भवन निर्माण उपसंयोजक यामबहादुर मल्ल (रामकृष्ण), सदस्यहरु ई.सुरेन्द्र पौडेल, ई. हरिदत्त पौडेल, सल्लाहकार मदन बहादुर के.सी., पोखरा १९ का वडा अध्यक्ष एवम् भवन निर्माण समितिका सदस्य पुष्पेन्द्र पाण्डे, पोखरा १९ का सभापति एवम् भवन निर्माण समितिका सदस्य विष्णु बास्तोला (प्रकाश) लगायतले आफ्नो भनाइ राखेका थिए ।

उनीहरुले भवन निर्माणको महत्वपूर्ण पक्ष आर्थिक रहेको बताउँदै जससक्दो चाडो आवश्यक सहयोग संकलन गर्ने प्रविद्धता व्यक्त गरेका थिए।

बैठकले निर्माण समितिका कोषाध्यक्ष देवकुमार श्रेष्ठको संयोजकमा ११ सदस्यीय अर्थ संकलन समिति गठन गरिएको छ । सदस्यहरुमा हरिमान श्रेष्ठ (म्याग्दी), रामकृष्ण मल्ल (पर्वत), प्रकाश तिवारी (स्याङ्जा), भेषबहादुर पौडेल (लमजुङ), राम जोशी (गोरखा), अमृत भट्टचन (नवलपुर), शंकर ढुंगाना (कास्की), अर्जुन शेरचन (बागलुङ), पवन तुलाचन (मुस्ताङ), बामे गुरुङ (मनाङ) रहेका छन् ।

पोखरा महानगरपालिका वडा नं. १९ की स्व. भगवती रावतले दान गरेको उक्त जमिनमा बिपी स्मृति भवन, गण्डकी प्रदेश बन्न लागेको हो । स्व.रावत नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रीत सदस्य एवम् भवन निर्माण समितिका सल्लाहकार मदन बहादुर केसीकी फुपु हुन् ।

जग्गा प्राप्तिका लागि मदनबहादुर केसी र प्रदेश सभापति शुक्रराज शर्माको विशेष पहल रहेको थियो ।

सल्लाहकार केसीले सभापति शुक्रराज शर्मालाई भवन निर्माण संरक्षकको प्रस्ताव बैठकबाट सर्वसम्मत पारित गरिएको छ ।

भवन निर्माण समितिका सचिव सुरेन्दमान विजुक्छेले सञ्चालन गरेको वैठक संयोजक माधवप्रसाद बास्तोला (मधु)को सभापतित्वमा समापन भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width