अमरसिंहका विद्यार्थीको विज्ञान प्रदर्शनी

आदर्श समाज सम्वाददाता
माघ २१, २०७६
20200203_153126

पोखरा । पोखराको अमरसिंह नमुना माविमा विद्यार्थीले विज्ञान प्रदर्शनी गरेका छन् ।

कक्षा ६ देखि १२ कक्षा अध्ययनरत् विद्यार्थीले विभिन्न सामग्रीबाट तयार पारेको विज्ञान प्रदर्शनी सोमवार विद्यालय प्राङ्गणमा प्रदर्शनी गरिएको हो । विद्यार्थीले रोवर्ट, रकेट, पुल, व्यवस्थित शहर, हाइडोलिक डोजर, धरहरा, बिम व्यालेन्स लगायत बिज्ञान प्रदर्शनी गरेका थिए ।

प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कृत समेत गरिने जानकारी विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले दिए । उक्त प्रदर्शनीको उद्घाटन पोखरा वडा १२ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कार्कीले गरेका थिए । सो कार्यक्रमको संचालन प्रअ तेजस्वी बरालले गरेका थिए । उक्त विद्यालयमा २ हजार ९ सय विद्यार्थी अध्ययनरत छन् । कक्षा ९ मा अध्ययरनत विद्यार्थी विकल ओझा, अनुप लामिछाने, भविष्य पौडेल, सुभम् बरालले विज्ञान प्रदशनीले नयाँनयाँ कुरा आविस्कार गर्न सकिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width