शिरुवारी पुग्ने पर्यटकलाई ब्र्राह्मण संग्राहलय अवलोकनको अवसर

आदर्श समाज सम्वाददाता
माघ १७, २०७६
IMG_5661

स्यङ्जा, १७ माघ । स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका–१ स्थित पञ्चमुलमा ब्र्राह्मण संग्राहलय निर्माणकाम थालिएको छ ।

यहाँ ब्राह्मण समुदायको इतिहास, परम्परा र सँस्कृति झल्किने संग्राहलयको निर्माण गर्न लागिएको हो ।उक्त संग्राहलयमा ब्राह्मण जातिका कला संस्कृति झल्कने भेषभूषा, गरगहना, उनीहरूले प्रयोग गर्नेविभिन्न कृषि उपकरणहरु,घरीयासी समाग्रीहरु घैटो, लौरी, ठेकी, मदानी, हाडी, माक्रो, गुन्द्री, हलो, जुवा, कोदाली, सुप्पा,मादल खैजरी,मजुरा लगाएतका धेरै बस्तुहरु राखिनेछ ।

संग्राहलय भवनको विहीबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले शिलान्यास गरेका हुन् । मन्त्री लम्सालले लोपहुन लागेको ब्राह्मण कला संस्कृतिको संरक्षण गर्न तथा ब्राह्मण जातिको पहिचान स्थापित गर्ने मुख्य उद्देश्यका साथ संग्रालय निर्माण गर्न लागेको स्थानीयवासीको उक्त काम प्रशंसनीय रहेको बताए ।

ऐतिहासिक तथा परम्परागत कला, संस्कृतिको जगेर्ना गर्नु सरकारको दायित्व हो, प्रदेश सरकारले यस्ता किसिमका संग्रालयलाई प्रवद्र्धन तथा संरक्षण गर्छ, भन्त्री लम्सालले भने । पर्यटकीय स्थलको रुपमा विकास हुदै गएको शिरुवारी नजिकै रहेकाले यसको अवलोकन गर्न आउने पर्यटकको कमी नहुने मन्त्री लम्सालले बताए ।

संविधान सभाका सदस्य प्रा.डा. गणेशमान गुरुङ र गण्डकी प्रदेशका सांसद मिनप्रसाद गुरुङले ब्राह्मण संग्राहलय पर्यटकहरुको एक गन्तव्य स्थल बन्ने दाबी गरे । ब्राह्मण जातिको मौलिक कला संस्कृति जोगाउने अभियानका साथ सामुदायीक संग्राहलय निर्माण गर्न लागिएको संग्रालयका अध्यक्ष छमप्रसाद ढकालले बताए । संग्रालय निर्माणको लागि पर्यटन बोर्ड गण्डकी प्रदेशले ५ लाख रकम विनियोजन भएको छ भने स्थानीयवासी तथा आमा समुहले ५ लाख संकलन गरेका छन् । प्रर्याप्त बजेटको लागि स्रोत जुटाउने काम पनि भईरहेको ढकालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width