पोखरा, १२ माघ । पोखराका पर्यटन व्यवसायी महिलाले व्यवसायमा आफ्नो भूमिको खोजी गर्दै छलफल चलाएका छन् ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आइतबार पोखरामा आयोजना गरेको पर्यटन व्यवसायमा महिला अवसर र चुनौति विषयक अन्तक्रियामा बोल्दै व्यवसायलाई सफल बनाउन अगाडी बढ्न व्यवस्थापकीय जिम्मेवारी कसरी बहन गर्ने भन्ने विषयको छलफलमा जुटेका हुन् ।
कार्यक्रममा मिडिया एड्भोकेसी ग्रुपका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार बविता बस्नेतले सामाजिक रुपान्तरणमा अग्रसर महिलाहरुले पछिल्लो समय व्यवसायमा सफल हुदै गएको धारणा राखिन् । व्यवसायमा महिला आउँदा सामाजिक संरचनालाई झनै बलियो बनाएर आर्थिक समृद्धिको आधार बनाउने भएकाले निर्णय सहितको अधिकार महिलालाई दिनुपर्ने उनको जोड थियो । व्यवसाय र घरपरिवालाई सन्तुलित रुपमा अघि बढाउन महिलामा चुनौति छ, संस्थाका उपाध्यक्ष पार्वती पाण्डेले व्यवसायमा आवद्ध महिलाले आफ्ना कतिपय समस्या राख्ने फोरम नहुँदा साना–साना कुरालाई पनि मनभित्र नै राख्दा मानसिक समस्या समेत भोग्नुपरेको बताइन् ।
संस्थाका सल्लाहकार पर्यटन व्यवसायी दुर्गा देवकोटाले अन्तक्रिया कार्यक्रमले महिलाले जीवन भोगाइका विषयबस्तुसँगै व्यवसायिक क्षेत्रका विभिन्न सवालहरुको विषयमा बुझ्ने अवसर मिलेको बताइन् । आर्थिक विकासका लागि पर्यटन व्यवसाय महिला भन्ने नारा सहित स्थापित महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले सदस्यहरुको क्षमता विकासकालागि विभिन्न तालिमहरु प्रदान गर्दै आइरहेको मञ्चका अध्यक्ष जमुना पराजुलीले भनाई छ ।
अन्तक्रिया कार्यक्रममा पर्यटन व्यवसायी शर्मिला न्यौपाने, सावित्री तिमिल्सिना, सुन्ति पुर्जा लगायतले महिला मैत्री वातावरणको अभाव र अझै पनि महिलाको क्षमतामाथि विश्वास गर्ने संस्कृतिको विकास हुन नसकेको धारणा राखिन् । उनले आफ्नो जीवन भोगाइसँगै व्यवसायिक चुनौतिका बारेमा आफ्नो अनुभव राखेकी थिइन् । अन्तक्रिया कार्यक्रममा ४० जना पर्यटन व्यवसायी महिलाको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
अधिकारी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधानिकताको टुंगो आज
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१