औद्योगिक व्यपार मेला आजबाट

आदर्श समाज सम्वाददाता
पौष १८, २०७६
Street Festival 2074 Feature

पोखरा, १८ पुस । “लगानीको सम्बर्दन, उद्योग व्यवसायको प्रवर्दन” भन्ने मुल नाराका साथ आयोजित औद्योगिक व्यापार मेला आज (शुक्रवार) देखि सुरु हुने भएको छ ।

पोखराको नयाँबजार स्थित प्रदर्शनी स्थलमा हुन गइरहेको समृद्धि स्टिल्स् राष्ट्रिय औधोगिक व्यापार मेला संचालन हुने भएको हो । सो मेलामा विभिन्न औद्योगिक उत्पादनका सामाग्रीहरु, हस्तकला, बगैचा, बैंक तथा वित्तीय क्षेत्र, फ्लोरिकल्चर, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य घरायासी सामानहरु, लत्ता कपडा तथा श्रृगारका सामाग्रीहरु मेलामा खरिद गर्न सकिने छ ।

पोखरा उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघको आयोजनमा हुने यो मेलामा थप आर्कषकमा ख्यातिप्राप्त व्याण्डद्वारा सांगितिक कार्यक्रमको प्रस्तुति, खुल्ला तथा एकल नृत्य प्रतियोगिता, प्रहशन लगायत मेलाको बम्पर उपहारका रुपमा हिरो कम्पनीको स्कुटर राखिने आयोजक संस्थाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width