सूर्योदयको लाभांश ४६.८२ प्रतिशत

आदर्श समाज सम्वाददाता
पौष ७, २०७६
suruyodaya sadaran sava snj _Fotor

१० करोड ७९ लाख १९ हजार चुक्ता पूँजी रहेको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड स्याङजाले ४६.८२ प्रतिशत लाभाशं प्रदान गर्ने भएको छ।

२३ जिल्लामा ५० शाखा रहेको लघुवित्तले शेयर धनीलाई ४४.४८ प्रतिशत बोनस शेयर र २.३४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश प्रदान गर्न लागेको हो।

लघुवित्तले आर्थिक वर्ष ०७५/७६ मा ३ करोड ६३ लाख ४८ हजार ३३८ रुपियाँ खुद मुनाफा गरेको सातौ वार्षिक साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीले बताए। लघुवित्तले असार मसान्तसम्म छ अर्ब ८ करोड ८१ लाख ९२ हजार ७ सय १४ रुपैयाँ लागनी गर्दै सो रकम मुनाफा गरेको हो।

लघुवित्तको शेयर पूँजीसँगै चुक्ता पूँजी १५ करोड ५९ लाख १९ हजार पुग्ने प्रमुख कार्यकारी अधिकृत पंगेनीले जानकारी दिए।

१ अर्ब ८० करोड कर्जा रहेको लघुवित्तको ७३ करोड ४३ लाख बचत र ३९ हजार सात सय सदस्य रहेको बताए।

साधारण सभामा शेयर सदस्य तथा गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा गिरीधारी शर्माले बिना धितो लगानीले जोखिम बढी रहेको धारणा व्यक्त गरे।

Related News

सम्बन्धित समाचार

hero news full width