मार्सल आर्टस् हाप्कीडो अन्तर्राष्ट्रिय गोष्ठी पोखरामा

आदर्श समाज सम्वाददाता
पौष ४, २०७६
hapkidoews (1)

पोखरा, ४ पुस । पोखरामा प्रथम अन्तर्राष्ट्रिय मार्सल आर्टस् हाप्किडो सेमिनार हुने भएको छ । नेपाल मार्सल आर्टस् हाप्कीडो संघले आगामी माघ ११ र १२ गते पोखरामा अन्तर्राष्ट्रिय मार्सल आर्टस् हाप्कीडो गर्न लागेको हो ।

सेमिनारमा करिब २० देशका ग्रान्ड मास्टर, मास्टरु, प्रशिक्षक, खेलाडी र अफिसियल गरी ६ सय जनाको सहभागिता रहने हाप्कीडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर ‘वसन्त’ ले पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार सेमिनारमा अमेरिका, अष्ट्रिया, रसिया, दक्षिण कोरियाका ग्रान्डमास्टर, मास्टर कालीबहादुर घर्ती र आठौं सागमा स्वर्ण पदक विजेता बक्सिङका प्रकाश थापा मगरले प्रशिक्षण दिनेछन् ।

पोखरामा आयोजना गरिएको हाप्कीडोको अन्तर्राष्ट्रिय गोष्ठीले सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउन महत्वपूण भूमिका खेल्ने अध्यक्ष मगरले बताए । खेलाडीलाई अवसर प्रदान गर्न र हाप्कीडो खेललाई अझ व्यापक बनाउने नै सेमिनारको उद्देश्य रहेको उनले बताए । मगरले पोखरामा करिब ३ सय जना हाप्कीडोका खेलाडी रहेको बताए ।

दक्षिण कोरियाबाट विकास भएको हाप्कीडो मार्सल आर्टस्को मिक्स खेल हो । मगरका अनुसार आत्मरक्षा र सामाजिक अनुशासनका लागि महत्वपूर्ण मानिने यो खेलका नेपालका करिब १० हजार खेलाडी रहेको मगरले बताए । सेमिनार गर्न करिब ४० लाख खर्च लाग्ने संघका केन्द्रीय सदस्य सुवर्ण बिसीले जानकारी दिए । नेपाल मार्सल आर्टस् हाप्कीडो संघ २०७३ सालमा राष्ट्रिय परिषद्मा दर्ता भई विभिन्न गतिविधि गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width